संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश
फागुन ११, काठमाडौं - सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला गरेको छ । संबैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। साथै मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।