• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

पहिलो पाहिला नेपाल बिराटनगर शाखाद्वारा शैक्षिक सामाग्री वितरण

by पहिलो नेपाल
९ आश्विन २०७६, बिहीबार २२:१९

२०७६ असोज ९ , पहिलो नेपाल|
समाजसेवामा सक्रिय युवाहरूको संस्था पहिलो पाहिला नेपाल बिराटनगर शाखाले गरिब तथा दलित र विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले बिहीबार सुनसरीको बर्जु गाउँपालिका ५ सितागञ्जस्थित श्री सार्वजनिक राष्ट्रिय आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

संस्थाले उक्त विद्यालयमा अध्ययनरत गरिब ,दलित र विपन्न वर्गका ४० जना विद्यार्थीहरुलाई ब्याग, कपी, कलम र पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । पहिलो पाहिला नेपालले दुई वर्ष अगाडि लमजुङबाट सुरु गरेको शिक्षा अभियानको निरन्तरता स्वरुप बिराटनगर शाखाले ‘शिक्षामा अभिभावक सचेतना तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम’को आयोजना गर्दै शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रमका संयोजक प्रदीप कार्किले जानकारी दिए।

पहिलो पाहिला नेपाल बिराटनगर शाखाका उपाध्यक्ष समेत रहेका कार्कीले पहिलो पाहिला नेपाल विशुद्ध गैरराजनीतिक र गैरसरकारी संस्था रहेको र युवा विद्यार्थीहरुको आफ्नै सक्रियता र मिहेनतले यो कार्यक्रम सम्भव भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बालबालिकाको पहिलो गुरु आमाबुबा भएकोले अभिभावकहरुले छोराछोरीको पठनपाठनमा विशेष ध्यान दिनुपर्ने बताए । साथै उनले गरिब विद्यार्थीलाई पठनपाठनमा सहज होस भनेर पहिलो पाहिला नेपालले चलाएको अभियानको प्रशंसा गर्दै युवा अभियन्ताहरुलाई धन्यवाद प्रकट गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पहिलो पाईला नेपाल विराटनगर शाखाका अध्यक्ष सुबास गौतमले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकहरुको आर्कषण बढाउने खालका कार्यक्रमहरु बिद्यालय र स्थानीय सरकारले ल्याउनुपर्ने बताए । उनले गरिब विपन्न विद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गरेको बताए ।

कार्यक्रमलाई किरु इन्जिनियरिङ कन्सल्टेन्सी र मुन एन्ड अञ्जली इन्जिनियरिङ कन्सल्टेन्सीले सहयोग गरेको थियो ।

पहिलो पाहिला नेपालले देशभर विभिन्न सामाजिक कार्यक्रम तथा सामाजिक जनचेतनामुलक अभियान चलाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप विराटनगर शाखाले पनि पछिल्लो समय बिराटनगर तथा आसपासका क्षेत्रमा कार्यक्रमहरु गर्दै आईरहेको छ। पहिलो पाहिला नेपाल बिराटनगरमा सामाजिक कार्य गर्ने संस्थाको अग्रपंक्तिमा रहेको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७६, बिहीबार २२:१९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७६, बिहीबार २२:१९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७६, बिहीबार २२:१९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७६, बिहीबार २२:१९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७६, बिहीबार २२:१९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७६, बिहीबार २२:१९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७६, बिहीबार २२:१९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.