• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ सरकारले बनायो शैक्षिक गुणस्तर सुधार निर्देशिका, कार्यान्वयन समितिमा उपेन्द्र दाहाल देखि ओसिम आलमसम्म

by पहिलो नेपाल
१० आश्विन २०७६, शुक्रबार २०:०३

२०७६ असोज १०, पहिलो नेपाल|
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका बिद्यालयहरुको सुधारका निम्ति निर्देशिका बनाएको छ । मन्त्रालयले ‘बिद्यालय शिक्षाको शैक्षिक गुणस्तर निर्देशिका , २०७६’ लागु गर्दै प्रदेश भरका सरकारी बिद्यालयलाई सुधार गर्ने योजना बनाएको हो ।

साथै मन्त्रालयले निर्देशिकामा रहेका कार्यक्रम कार्यान्वयनका लागि समिती पनि गठन गरेको छ । समितिको संयोजकमा शिक्षा विकास निर्देशनालय धनकुटाका पुर्व कामु उपेन्द्र दाहाल रहेका छन् । त्यस्तै, सदस्यहरुमा शैक्षिक अभियान्ताहरु बोधराज न्यौपाने, खेमराज पोख्रेल , वसिम आलम , गोबिन्द्र निरौला, बालकुमार रेग्मी , सरोज पौडेल रहेका छन् । समितिको सदस्य सचीवमा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत मानबहादुर देवकोटा छन् ।

प्रदेशभरका बिद्यालयहरुमा सरकार, निजि क्षेत्र र साझेदार संस्थाहरु बिचको साझेदारीमा सुचना प्रविधिमा आधारित शिक्षा , पुर्व विद्यार्थी समाजको परिचालन , बिद्यालय बिच मितेरी सम्बन्ध र आमा समुहको परिचालन जस्ता कार्यक्रम मार्फत बिद्यालयहरुको व्यवस्थापन तथा संस्थागत क्षमताको सुधार गरि एक्काइसौं शताब्दी अनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेश सरकारले प्रशासकीय कार्यविधि ऐन, २०७५ को दफा ३ बमोजिम यो निर्देशिका ल्याएको हो । निर्देशिकामा विभिन्न ८ परिच्छेद रहेका छन् ।

साथै बिद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार प्रदेश निर्देशिका समितिमा विभिन्न सदस्यहरुलाई मनोनीत गरिएको छ। सदस्यहरुमा साझेदार संस्थाका प्रतिनिधिबाट डा. ऋषि शाह (इक्रालिटि फाउन्डेसन नेपाल ), सुर्य कार्की (युनाईटेड वल्ड स्कुल ,नेपाल) , क्षितिज प्रसाईं (युनाईटेड मिसन टु, नेपाल) रहेका छन् ।
त्यस्तै निजि लगानीका बिद्यालय प्रतिनिधिबाट युवराज वशिष्ठ ( निजि बिद्यालय अर्गनाइजेसन प्रदेश नं १ ) रहेका छन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशका सरकारी विद्यालयलाई गुणस्तरीय बनाउँदै डिजिटल शिक्षा प्रदान गर्नका निम्ति यो निर्देशिका ल्याएको बताएका छन् । साथै यश कार्यक्रममा सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।

त्यस्तै कार्यक्रम कार्यान्वयन समितिका सदस्य ओसिम आलमले यो कार्यक्रम महत्वपूर्ण रहेको र पछिल्लो समय सरकारी विद्यालयप्रती वितृष्णा बढिरहेको अवस्थामा यसलाई कार्यान्वयन गर्नका निम्ति लागिपर्ने बताएका छन् ।

निर्देशिका प्रदेश सरकारले स्वीकृत गरेको मितिबाट लागू हुनेछ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१० आश्विन २०७६, शुक्रबार २०:०३
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

१० आश्विन २०७६, शुक्रबार २०:०३

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० आश्विन २०७६, शुक्रबार २०:०३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० आश्विन २०७६, शुक्रबार २०:०३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० आश्विन २०७६, शुक्रबार २०:०३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० आश्विन २०७६, शुक्रबार २०:०३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० आश्विन २०७६, शुक्रबार २०:०३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.