असोज ११ विराटनगर – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चुनावका बेला जनतासँग गरेको प्रतिवद्घता अनुसार आफ्नो चुनावी क्षेत्रको पुर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका छन् । उनले तराई मधेस समृद्घि कार्यक्रम र आफ्नो मन्त्रालय मार्फत पुर्वाधार विकासलाई तिब्र रुपमा अघि बढाएका हुन् ।
मन्त्री पण्डितकै पहलमा २५ वर्षदेखी अलपत्र अवस्थामा रहेको मोरङ क्षेत्र नं. ६ स्थित पुष्पलालचोक–गछिया सडक पनि कालोपत्रे हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गा्रमिण सडक सञ्जाल अन्तर्गत २३.७ किलोमिटरको उक्त सडक कालोपत्रे हुन लागेको हो । सो सडकको असोज १२ गते मन्त्री पण्डितले शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
जनप्रतिनिधिहरु, सवै दल तथा कार्यकता, एवम् स्थानीय जनताको बाक्लो उपस्थितीमा सडक शिलान्यान गरिन लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश १ का सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । बुढीगंगा गाउँपालिका–६ कोयलपुरलाई केन्द्र मानेर गरिने सडक शिलान्यास कार्यक्रमलाई भब्य बनाउन सर्वदलीय बैठक समेत सम्पन्न भएको छ ।
सो बैठकले सडकबाट क्षेत्र नं ६ अन्तर्गत बुढीगंगा गाउँपालिका र शुन्दर हरैँचा नगरपालिकाका स्थानीय आदीवासी, जनजाती, थारु, मधेशीलगायत सवै जनता लाभान्वित हुने भएकाले तोकिएकै समयमा निर्माण सम्पन्न गराउन सहयोग गर्ने निर्णय गरेको नेता चौधरीले बताए । उनले विगत २५ वर्षदेखी सो निर्वाचन क्षेत्रबाट विजयी सांसदहरुले आवश्वासन मात्र दिँदै आएपनि मन्त्री पण्डितले जनता माझ गरेको बाचा अनुरुप काम गरेको दावी गरे । सो सडक निर्माण भएपछी जनतालाई ठुलो राहत हुनेछ । सो सडक २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ५२ करोड २४ लाख रुपैयाँमा लुम्बिनी सञ्जीवनी जेभिले ठेक्का लिएको छ ।
त्यस्तै, नेकपा मोरङ जिल्ला सदस्य तथा मन्त्री पण्डितका पुर्व स्वकीय सचिव समेत रहेका ओसिम आलमले जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सडकलाई पहिलो प्राथमिकतामा राखिएको बताए । साथै उनले मन्त्री पण्डितको पहलमा दर्जनौँ विकासका कामहरु भैरहैको उल्लेख गरे ।