• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिंगम इन्स्पेक्टर बुढाथोकी, जो शान्ति सुरक्षामा अब्बल छन्

by पहिलो नेपाल
११ आश्विन २०७६, शनिबार १६:१७

असोज ११, पहिलो नेपाल – मोरङ स्थित इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख गुणराज बुढाथोकी ‘सिंगम इन्सपेक्टर’ को रुपमा परिचित छन् । केही महिनाअघि बेलबारिको प्रमुख भएर आएका प्रहरी निरीक्षक बुढाथोकीले बेलबारी लगायत आसपासको क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाएकै कारण उनिले सिंगमको उपमा पाएक हुन् ।

यसअघि बेलबारी र आसपासका क्षेत्रमा आपराधिक घटना अत्याधिक हुने गरेको भएपनी बुढाथोकी इलाका प्रहरी कार्यलय बेलबारीको प्रमुख भएर आएपछी भने आपराधिक घटना लगभग शून्य नै भएको छ । उनी आएपछि यश क्षेत्रका वासिन्दाले समेत सुरक्षीत महसुस गर्न थालेका छन् ।

इन्सपेक्टर बुढाथोकीले सो क्षेत्रका गुण्डा तथा माफियाहरुलाई तह लगाएका छन् । केही व्यक्तिहरुले राजनैतिक आडमा विभिन्न किसिमका आपराधिक गतिविधि गर्दै आएको भएपनी अहिले त्यो अवस्था नरहेको इन्स्पेक्टर बुढाथोकी बताउँछन् । सो क्षेत्रमा होटल र मदिरा पसलहरु बढी रहेकोले आपराधिक घटना अत्याधिक हुने गरेको भएपनी अहिले कडाई गरिएको छ । बुढाथोकीले भने ‘शान्ति सुरक्षा मजवुत बनाउन कुनै कशुर बाँकी राखेको छैनौँ । होटल व्यवसाय र मफिरा पसलहरुमा राती बढी आपराधिक घटमा हुने भएकोले विशेष निगरानी राख्ने गरेका छौँ । उनले भने , ‘होटल कतिबेलासम्म खुल्ला राख्ने र बन्द गर्ने भनेर हामीले व्यवसायीसँग सहमति गरेका छौं । समयमा होटल बन्द नगर्ने र शंकास्पद गतिविधी गर्नेलाई पक्राउ गर्ने गरिएको छ ।’ साथै उनले विभिन्न अपराधिक घटना हुने गरेका कारण बेलैमा होटल तथा मदिरा पसलहरु बन्द गर्ने गरिएकोले पनि आपराधिक घटनामा कमि आएको बताए ।

बुढाथोकी शान्ति सुरक्षा मजबुत बनाउन खोज्दा असहयोग गर्नेहरु पनि छन् तर आफू त्यसबाट पछि नहट्ने बताउँछन् । विशेषगरि केही होटेल व्यवसायी जस्ले रातिको समयमा अबैध धन्दा गर्ने तथा राजनैतिक आडमा दादागिरी देखाउने गुण्डा र ठेकेदारहरुलाई कारबाहीको दायरमा ल्याउँदा आफुलाई दबाब आउने गरेको उनी बताउँछन् । साथै उनले दशैँ, तिहार लक्षित गरेर सुक्षा व्यवस्था अझ कडा बनाउने उल्लेख गरे ।

प्रहरीको काम नै जनताको जिउधनको सुरक्षा दिने र समाजमा शान्ति सुरक्षा दिने हो। एक स्थानीय बुद्धिजीवीले भने, ‘उहाँले प्रहरी निरीक्षक भएर यहाँ आएपछी निकै राम्रो संकेत देखाउनु भएको छ । प्रहरी मेरो साथी,मुस्कान सहितको प्रहरी सेवा लगायतका अभियानहरुलाई उहाँले कार्यान्वयन गर्दै लैजानु भएकोले स्थानीय वासिन्दाका लागि खुशीको विषय हो ।’

प्रहरी निरीक्षक गुणराज बुढाथोकी बेलबारी आएलगत्तै शान्ति सुरक्षामा कडाई गर्न थालेपछी केही ठेकेदार र होटल व्यवसायीहरुले बुढाथोकीको बिरोध गर्दै आएका छन् । पटकपटक केहि पत्रकारहरुले समेत आफू विरुद्धमा गलत समाचार लेख्दै आईरहेका छन् । उनले भने,’ तर प्रहरीको बर्दी लगाएपछि समाज र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीबाट पछि नहटी एउटा सच्चा राष्ट्रसेवकको भुमिका निर्वाह गर्न पछि हट्दिन ।

Facebook Comments

Related Posts

देशभरका सिडियोहरुलाई गृहमन्त्री लामिछाने दिए यस्तो निर्देशन

देशभरका सिडियोहरुलाई गृहमन्त्री लामिछाने दिए यस्तो निर्देशन

११ आश्विन २०७६, शनिबार १६:१७
नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

११ आश्विन २०७६, शनिबार १६:१७

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

प्रदेश १ मुख्यमन्त्रीका आकांक्षी आङ्बोद्वारा सात प्राथमिकता सार्वजनिक

रविको नागरिकता छानबिन उजुरी दिने सफल भन्छन्, खतरा बढ्यो’

आजको बैठकमा यही सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय

रविको चुनौती भारतलाई दार्चुलामा भेट्ने कि दिल्लीमा ?

सुकुम्बासीको विकल्प खोज्दैछौं : मन्त्री चौधरी

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

११ आश्विन २०७६, शनिबार १६:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

११ आश्विन २०७६, शनिबार १६:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

११ आश्विन २०७६, शनिबार १६:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

११ आश्विन २०७६, शनिबार १६:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

११ आश्विन २०७६, शनिबार १६:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.