• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चुनावका बाचा पूरा गर्दै मन्त्री पण्डित, पुष्पलाल-गछिया सडक शिलान्यास

by पहिलो नेपाल
१२ आश्विन २०७६, आईतवार २०:४५

असोज १२, पहिलो नेपाल – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चुनावका बेला जनतासँग गरेको प्रतिवद्घता अनुसार आफ्नो चुनावी क्षेत्रको पुर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका छन् । उनले तराई मधेस समृद्घि कार्यक्रम र आफ्नो मन्त्रालय मार्फत पुर्वाधार विकासलाई तिब्र रुपमा अघि बढाएका हुन् ।

मन्त्री पण्डितकै पहलमा २५ वर्षदेखी अलपत्र अवस्थामा रहेको मोरङ क्षेत्र नं. ६ स्थित पुष्पलालचोक–गछिया सडक पनि कालोपत्रे हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ग्रामीण सडक सञ्जाल अन्तर्गत २३.७ किलोमिटरको उक्त सडक कालोपत्रे हुन लागेको हो । सो सडकको असोज १२ गते मन्त्री पण्डितले भव्य कार्यक्रमका बिच शिलन्यास गरेका छन् । मोरङको बुढिगंगा स्थित कोयलपुरमा भएको शिलान्यास कार्यक्रममा प्रदेश १ का मन्त्री, सांसद, विभिन्न राजनैतिक दलका नेता तथा स्थानीय जनताको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लालबाबु पण्डितले आफुले चुनावका बेला गरेको बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘शिलान्यास त भयो तर समयमै पूरा हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दछु। बजेट विनियोजन भएर ठेक्का लागिसकेकोले यो सडक निर्माण समयमै पूरा हुने विश्वास दिलाउन चाहन्छु।’ साथै आफुले यो सडकको लागि रकम अभाव हुन नदिने कुराको पनि मन्त्री पण्डितले विश्वास दिलाएका छन् । २५ वर्षदेखि अलपत्र अवस्थामा रहेको सडक आफुले सम्पन्न गर्न पाउँदा खुशी लागेको पनि मन्त्री पण्डितले उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोख्रेलले पनि यो सडक निर्माण सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दालाई व्यवसायका र रोजगारीका लागि सहज हुने बताए । उनले यो ग्रामीण सडक बनेपछि यहाँका कृषिजन्य वस्तुको बजार व्यवस्थापनका लागि सहज हुने बताउँदै मन्त्री पण्डितलाई धन्यवाद व्यक्त गरे ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो महत्वपूर्ण सडक निर्माणका लागि मन्त्री लालबाबु पण्डितले बाटो खोलिदिनु भएकोले सबैलाई एकजुट भएर समयमै सम्पन्न गराउन सहयोग गर्न आग्रह गरे ।

त्यस्तै, नेकपा केन्द्रिय सदस्य विनोद ढकालले २५ वर्षअघि यश क्षेत्रका तात्कालिक एमालेका उमेदवार गुरु बरालले यो सडक निर्माण गर्ने भनेर सर्भे गरेपनी त्यसपछि कसैले सडक निर्माणमा चासो देखाएका थिएनन् । आज २५ वर्ष अघि तात्कालिक एमालेले देखेको सपना नेकपाले पूरा गर्न लागेकोमा मन्त्री लालबाबू पण्डितलाई धन्यवाद व्यक्त गरे । त्यस्तै, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी , सांसद अमनलाल मोदि , दुहबी नगरपालिकाका प्रमुख लगायतले सडक कालोपत्रे हुन लागेकोमा खुशी व्यक्त गर्दै मन्त्री पण्डितलाई आभार प्रकट गरे ।

नेकपा प्रदेश १ सदस्य सत्यनारायण चौधरीले उक्त सडक निर्माणका लागि सबै राजनैतिक पार्टिका नेता, जनप्रतिनिधि तथा स्थानीय लगायत सम्पुर्णलाई सहयोग गरिदिन आग्रह गरे। उनले सबैको साथ र सहयोगले मात्र यो समयमै सम्पन्न हुने बताए । साथै मन्त्री पण्डितको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं विकास निर्माणका कामहरु भैरहेको चौधरीले बताए ।

२३.७ किलोमीटर रहेको पुष्पलाल-गछिया सडक कालोपत्रेको ठेक्का श्री लुम्बिनी – मृत संजिवनी जेभि कम्पनीले लिएको छ । उक्त कम्पनीसँग ५२ करोड २४ लाखमा २ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।

मन्त्री पण्डितले तराई मधेस समृद्धि कार्यक्रम तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं विकासका कामहरु अगाडि बढाईरहेका छन् । चुनावका बेला जनतासँग गरेको बाचा स्वरुप विकास र जनताको आधारभुत कामहरुलाई महत्व दिएर आफ्ना योजनाहरु अगाडि बढाईरहेकाले मोरङ क्षेत्र नं ६ का जनता हर्षित छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ आश्विन २०७६, आईतवार २०:४५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ आश्विन २०७६, आईतवार २०:४५

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ आश्विन २०७६, आईतवार २०:४५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ आश्विन २०७६, आईतवार २०:४५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ आश्विन २०७६, आईतवार २०:४५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ आश्विन २०७६, आईतवार २०:४५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ आश्विन २०७६, आईतवार २०:४५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.