असोज १७, पहिलो नेपाल – ओमानमा हुने पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेकाे छ । सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेकाे हाे।
सिरिजमा आयोजक ओमान सहित नेपाल, हङकङ , नेदरल्यान्ड र आयरल्यान्ड रहेका छन् ।
यसअघि नेपालले सिगापुरमा भएकाे त्रिकाेणात्मक सिरिजमा चार खेलमा एक जित २ हार खेलेकाे थियाे भने एक खेल वर्षाकाे कारण रद्द भएकाे थियाे ।
सिंगापुरमा नेपालले पहिलाे खेलमा जिम्बाब्वेसँग ५ विकेटकाे हार बेहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टिममाथि ९ विकेटकाे सानदार जित निकालेकाे थियाे । यस्तै तेस्राे खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हारेकाे थियाे । बिहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकाेणात्मक सिरिजकाे उपाधि जितेकाे छ ।
ओमान सिरिजमा नेपालले पहिलो खेल अक्टाेबर ६ तारिखमा घरेलु टोली हङकङसँग खेल्ने छ ।