असोज १७, पहिलो नेपाल – बिराटनगरमा सञ्चालित क्लोथ बैंकले दशै विशेष कार्यक्रमको आयोजना गरेको छ । दशैलाई लक्षित गरि गरिएको ५ दिने कार्यक्रममा लुगा, जुत्ता, ब्याग लगायतका सामानहरु वितरण गरेको हो । साथै क्लोथ बैंक टिमद्वारा दशै विषेश कार्यक्रमको अन्तिम दिन शुक्रबार टीका लगाईदिनुका साथै खाना समेत खुवाएको छ । टिमद्वारा बिराटनगरमा ३१० जनालाई दशैको अवसरमा टीका, खाना र लुगा दिएर दशै मनाएको हो ।
दशैको अवसरमा धेरैजसोलाई नयाँ सामान वितरण गरिएको क्लोथ बैंकको संस्थापक मध्येका एक पेरिस सुबेदीले जानकारी दिए । उनका अनुसार दशैलाई लक्षित गरि गरिएको ५ दिने कार्यक्रममार्फत २७ सय घर परिवारलाइ लुगा, जुत्ता र केही विद्यार्थीहरुलाई ब्याग समेत प्रदान गरेको छ । कार्यक्रममा युवा नेता ओसिम आलम, समाजसेवी भवेश पौडेल र युवा ब्यापारी नितेश राज नायकले सहयोग गरेका थिए ।
अढाई महिना अगाडिबाट सञ्चालनमा आएको क्लोथ बैंकले हालसम्म ८ हजार घरपरिवारलाई लुगा, जुत्ता, ब्याग लगायतका सामानहरु वितरण गरिसकेको क्लोथ बैंक टिमले जनाएको छ ।
तात्कालिक अवस्थामा बाढी प्रभावित व्यक्तिहरुलाई केही सहयोग होस भनी क्लोथ बैंकको स्थापना गरिएको थियो । तर गरिब, अनाथ र नहुनेहरुलाई राम्रो सहयोग भएको र साथ सहयोग गर्नेहरु धेरै भएकोले त्यसलाई व्यवस्थित गरि निरन्तर सञ्चालन गरिरहेको क्लोथ बैंकका अर्का संस्थापक भुसन पोमो लिम्बुले बताए ।
सुरुवाती चरणमा युवा नेता ओसिम आलमको सहयोग र बिराटनगरका युवा समाजसेवी पेरिस सुवेदी र भुसन पोमो लिम्बुको अगुवाईमा सञ्चालनमा आएको क्लोथ बैंकमा पछिल्लो समय धेरैले साथ र सहयोग गरिरहेका छन् । त्यही सबैको साथ र सहयोग अनि गरिब ,अनाथ र लाउन खान नै नभएकाहरुलाई ठूलो सहयोग हुने देखेर नै हामिले व्यवस्थित रुपमा निरन्तर सञ्चालन गरिरहेको क्लोथ बैङ्का संस्थापक लिम्बुले बताए ।
बिराटनगरको ट्राफिक चौकमा संचालित क्लोथ बैंकबाट नयाँ तथा पुराना कपडा , जुत्ता लगायतका सामानगरु सित्तैमा वितरण गरिन्छ ।