असोज १८, पहिलो नेपाल – नेपाली सेनाले दशैँको टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
विजयादशमीको दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा सञ्चालन हुने भएकाले नेपाली सेनाले नागरिकहरुका लागि आवागमनमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
नेपाली सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र विभिन्न सात ओटा रुटमा विभिन्न समयमा बस सञ्चालन गर्न लागेको हो । कुनकुन स्थानमा निशुल्क बस चल्दैछन त हेर्नुस् तल :