असोज १८, पहिलो नेपाल – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले केन्द्रिय कमिटीको नामावली टुंग्याएको छ । लामो समयदेखी ओझेलमा परेको राष्ट्रिय युवा संघको केन्द्रीय कमिटको नामावली टुंगिएको हो ।
साबिक युवा संघ नेपाल र साबिक वाइसीएलबाट जम्मा ३३१ सदस्यीय केन्द्रिय कमिटी टुंगो लागेको हो । संगठनको संयोजकमा साबिक वाईसीएलबाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ रहेका छन भने सह संयोजकमा साबिक युवा संघ नेपालबाट रमेश पौडेल रहेका छन् । केन्द्रिय कमिटी ३३५ सदस्यीय भएपनी रिक्त ४ जना सदस्य साबिक वाईसीएलबाट मनोनीत गरिनेछ ।
असोज १५ गते संयोजक महेस बस्नेत र सह संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’को अध्यक्षतामा बसेको बैठकले संगठनको अन्तिम नामावली टुंग्याएको हो । साथै बैठकले कार्तिक १८ र १९ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ भने २१ र २२ गते राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला समेत आव्हान गरेको छ ।
हेर्नुस् केन्द्रिय कमिटीको अन्तिम नामावली :