असोज १९, पहिलो नेपाल – काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहिले शनिबार प्रहरीमा किटानी जाहेरी दिएपछी अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएको हो ।
महराविरुद्ध शनिबार करणी उद्योगमा उजुरी परेपछि आईतवार सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलले पक्राउ गर्न अनुमति दिएका हुन् ।
बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । तर मुद्दा चलेपछि अनुसंधान गर्नुपर्ने भएकाले स्वतः उनको सांसद पद निलम्बन हुनेछ ।