असोज २५, पहिलो नेपाल – चिनका राष्ट्रपति सि जिनपिङको स्वागतका लागि राष्ट्रसेवक कर्मचारी पनि तैनाथ हुने भएका छन् । सिको स्वागतको लागि निजामती कर्मचारीहरुले विभिन्न स्थानमा स्वागत गर्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिनकुने , बानेश्वर , बबरमहल, माइतीघर , थापाथली , त्रीपुरेश्वर , कालिमाटी हुँदै होटल सोल्टीसम्मका सडक किनारमा उभिएर स्वागत गर्ने कार्यक्रम तय भएको छ । स्वागतका लागि निजामती कर्मचारी , सुरक्षाकर्मी , खेलाडी , विद्यार्थी , विभिन्न संस्थानहरु तथा सर्वसाधारणहरु समेत सडक किनारमा उभिनेछन् ।
त्यस्तै सि हिँड्ने सडकहरु झकिझकाउ बनाईएको छ । विभिन्न ठाउँमा फुलका ठुलाठुला गुच्छा , गमला लाखिएको छ। सडकमा राष्ट्रपति बिद्यादेवि भण्डारी र सिको तस्बिर राखिएको छ । ठुलाठुला स्वागतद्वार बनाईएको छ ।