असोज २६, पहिलो नेपाल – चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सकिएपछि परराष्ट्र मन्त्रालयले आइतबार १६ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआइ)को रणनीतिलाई नेपाल र चीन दुवै देशले साझा विकास र समृद्धिको आधारका रुपमा स्वीकारेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिका अरु बुँदा यस्ता छन् :
-दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्नेछ। नेपाली पक्षले एक चीन नीतिमा अडान दोहोर्याउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामला भएको धारणा स्पष्ट पारेको छ। नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले दोहोर्याएको छ।
-राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने।
-द्विपक्षीय उच्चस्तरीय भ्रमण र आदानप्रदानलाई निरन्तर रुपमा अघि बढाउने। सरकारका मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदान निरन्तर राख्ने।
-बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाइ सेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल बिस्तार गर्ने। क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्यन गर्ने र, यसलाई काठमाडौं-पोखरा-लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने। झाङमु/खासा बन्दरगाहलाई पुनर्सञ्चालन, जिलोङ/केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजी/नेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने। अरनिको राजमार्गको स्तर उन्नति गर्ने र स्याफ्रुबेंसी-रसुवागढी सडक समेत पुनर्निर्माण गर्ने। जिलोङ/केरुङ हुँदै काठमाडौं जोड्न सुरुङहरु निर्माण गर्ने। कोशी, गण्डकी र कर्णाली कोरिडर निर्माणमा प्रतिवद्धता दोहोर्याउने।
-चीनको सचिुवान प्रान्तको छेङ्दूमा नेपालको कन्सुलेट जेनेरल स्थापना गर्न समझदारी भएको छ।
-दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै वभिन्नि क्षेत्रहरुमा दुवै मुलुकको हति हुने गरी सहकार्य गरेर अगाड बढ्ने।
-संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप मजबुद बनाउने। दुई मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघ बढ्ने।
-चनियिाँ राष्ट्रपतिको ऐतहिासकि नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयम थपएिको।
-दुई मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेदकि, मिडिया, थिंक ट्यांक लगायतमा प्रवर्द्धन गर्ने। चिनियाँ सरकारको तर्फबाट सय वटा कनफ्युसयिस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गर्ने। नेपालको पर्यटन प्रवर्द्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने।
-दुई मुलुकबीच सीमा व्यवस्थापन सम्बन्धी समझदारीमा भएको हस्ताक्षारमा सहमति जनाइएको।
-सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परविर्तन र वातावरण संरक्षणमा जोड दिने। चीन र नेपालले संय्क्तु रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति। र विभिन्न वैज्ञानकि अनुस्नधानहरु गर्ने।