• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विश्वकप छनौट: नेपाल जोर्डनसँग ३-० ले पराजित,कहाँ चुक्यो नेपाल ?

by पहिलो नेपाल
२९ आश्विन २०७६, बुधबार ०७:०९

असोज २९, पहिलो नेपाल – फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल जाेर्डनसँग ३-० ले पराजित भएकाे छ ।

जोर्डनको अम्मान रंगशालामा पहिलो हाफमा नेपालले उत्कृष्ट खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भएको थियाे । बल पोसेसनमा माथि रहेको जोर्डनले चार वटा सुन्दर मौका पाए पनि गोल गर्न सकेन ।

फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । अष्ट्रेलियाविरुद्धको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको नेपाल सुरुवात देखि नै डिफेन्सिभ देखिएको थियो । जसमा नेपाल पहिलो हाफमा सफल पनि भएको हो ।

पहिलो हाफको अन्तिममा जोर्डनले नेपालको पोष्टमा झन आक्रमण गरे पनि किरण चेम्जोङले निकै राम्रो बचाउ गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै जोर्डनले चार वटा प्रहार गरेको थियो । जसमा यासीनले दुई वटा मौका गुमाए भने एकपटक फैसलको प्रहार बाहिरीयो ।

५४ औं मिनेटमा फैसलको एक्रोबेटिक सट पनि पोस्ट नजिकैबाट बाहिरियो । ५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरेपछि जोर्डनले पेनाल्टी पायो । जसलाई फेरहास जायदले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

७५ औं मिनेटमा अञ्जन विष्टले डिबक्स बाहिरबाट गरेको प्रहारलाई जोर्डनका गोलकिपर अमिर साफीले बचाए ।

७८ औं मिनेटमा जोर्डनले अन्तर २–० मा पुर्‍यायो । उसका लागि अहमेद अल इर्सानले गोल गर्न सफल भए । उनले लेफ्ट साइडबाट गरेको प्रहारलाई किरण चेम्जोङले बचाउन सकेनन् ।

२ गोलको अग्रता बनाएको जोर्डनले त्यसपछि पनि आफ्ना आक्रमणलाई कायमै राख्यो । त्यसपछि उसले अरु तीन वटा सुन्दर मौका पाएको थियो । ८७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेडमार्फत गोल गरे ।

जितसँगै जाेर्डनले तीन खेलमा सात ‌अङ्क बनाएकाे छ । उसले तीनमा २ जित र एक बराबरी खेलेकाे छ । नेपालकाे चार खेलमा ३ अङ्क छ । नेपालले चार खेलमा तीन हार र एक जित निकालेकाे छ ।

विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई ९–० ले हराएको थियो ।

यो सँगै नेपालको छनौट चरणको अवे खेल सकिएको छ। अब नेपालले तीन खेल घरेलु मैदानमा खेल्नेछ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२९ आश्विन २०७६, बुधबार ०७:०९
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

२९ आश्विन २०७६, बुधबार ०७:०९

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२९ आश्विन २०७६, बुधबार ०७:०९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२९ आश्विन २०७६, बुधबार ०७:०९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२९ आश्विन २०७६, बुधबार ०७:०९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२९ आश्विन २०७६, बुधबार ०७:०९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२९ आश्विन २०७६, बुधबार ०७:०९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.