असोज २९, पहिलो नेपाल – बिबिसीले जारी गरेको सन् २०१९ को शक्तिशाली एक सय महिलाको सुचिमा नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा अटाएकी छन् । ब्रीटिस ब्रोडकास्टिङ च्यानेल (बिबिसी) ले तयार परेको यश वर्षको शक्तिशाली सय महिलाको सुचिमा शर्मा पनि अटाएकी हुन् ।
बिबिसीले ६ वटा क्याटेगोरी तयार पर्दै एक सय शक्तिशाली महिलाको सुची तयार परेको हो । समाजमा प्रभाव पार्ने महिलाहरुलाई मध्यनजर गर्दै तयार पारेको सुचिमा पृथ्वी , ज्ञान , नेतृत्व , रचनात्मकता, खेल तथा परिचय गरि ६ वटा क्याटेगोरी तयार परेको छ । बोनितालाई भने ज्ञानको श्रेणीमा राखिएको छ ।
बोनिता लगायतको टोलिले ‘सोचाई’ नामक संस्था स्थापन गरि काम गरिरहेको छ ।