असोज २९, पहिलो नेपाल – जापानमा गएको शनिबार आएको आँधिका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । शनिबार साँझ आएको ‘हगिबस’ नामक आँधीमा परि अझै थुप्रै हराईरहेको जापानको राष्ट्रिय समाचार संस्था एन एस केले जनाएको छ ।
आँधिमा परि ७० लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन् भने १ लाख भन्दा धेरै सिबिरमा बसिरहेका छन् । तर कतिपयले सिबिरमा बस्न नपाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सिन्जो आवेले संसदमा नै जवाफ दिनुपरेको थियो ।
आँधिका कारण अझैपनी हजारौं घरमा पानी पसेको छ । हगिबस आँधी पछिल्लो समयको शक्तिशाली आँधी मानिएको छ ।