असोज ३०, पहिलो नेपाल – कतारले सबै बिदेशी कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने कानून पारित गरेको छ। उक्त कानून आउँदो जनवरीदेखि कार्यान्वयनमा आउने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बुधबार बसेको कतारको मन्त्रिपरिषद् बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरिएको छ।
प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए ।
खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेको छ।
गरिब चार लाख नेपाली कामदार रहेको कतारले यो कानुन पारित गरेसँगै नेपालि कामदारलाई फाईदा हुने भएको हो । न्यूनतम तलब नतोक्दा नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब पाउन सकिरहेका छैनन् ।