कार्तिक १, पहिलो नेपाल – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपालका विभिन्न दल सम्वद्ध १२ युवा विद्यार्थी नेताहरुको टोली आज चीन प्रस्थान गरेको छ ।
१७ दिने अध्ययन भ्रमणका क्रममा टोलीलाई चिनियाँ विशेषताको समाजवाद, चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइने भ्रमण दलमा रहेका नेकपा सम्वद्ध अनेरास्ववियूका नेता ओसिम आलमले बताए ।
भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम, आरती लामा, सुदर्शन शिवाकोटी, कपिल आचार्य र हेमन्त रेग्मी रहेका छन् । त्यस्तै नेपाली कांग्रेस सम्वद्ध पवनकुमार यादव, मिरा कटुवाल र अमिर खड्का पनि रहेका छन् ।
त्यसैगरी समाजवादी पार्टी, नेपालवाट रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका छन् ।