• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, हेर्नुस् पूरा कार्यतालिका

by पहिलो नेपाल
२ कार्तिक २०७६, शनिबार ०७:५६

कार्तिक २, पहिलो नेपाल – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ। कार्यतालिकाअनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ। त्यस्तै, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा सदस्यतर्फ कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र प्रदेशसभातर्फ भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभाको क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ र दाङ निर्वाचन क्षेत्र नं. ३ को २ मा उपनिर्वाचन हुँदै छ। कास्की–२ बाट नेकपातर्फबाट रवीन्द्र अधिकारी विजयी भएका थिए। संस्कृति, नागरिक उड्डयनमन्त्रीसमेत रहेका अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीमगरको मंसिर २७ गते दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। उनी वाममोर्चाको गठबन्धनतर्फबाट निर्वाचित जनमोर्चाका सांसद थिए।

त्यस्तै, भक्तपुरमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको वैशाख ३१ गते उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो। उनी नेकपाका सांसद थिए भने दाङ निर्वाचन क्षेत्र नं. ३ को २ बाट निर्वाचित सांसद उत्तरकुमार ओलीको फागुन १० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। माघ २४ गते दाङमा ओली सवार गाडी दुर्घटनामा परेका थियो।

स्थानीय तहतर्फ हुने उपनिर्वाचनका लागि कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने र कात्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मंसिर १ गते चुनाव चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ।

हुम्लाको खार्पुनाग गाउँपालिकाको उपाध्यक्ष र विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहका ४३ वडाध्यक्ष गरी ४८ स्थानीय तहमा मंसिर १४ गते नै उपनिर्वाचन हुँदै छ। धरान उपमहानगर प्रमुख तारा सुब्बाको साउन १ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उनी स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमाले तर्फबाट उपमहानगर प्रमुखमा निर्वाचित भएका थिए। माघ २६ गते फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको मृत्यु भएको थियो। कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएपछि उनको निधन भएको थियो। उनी कांग्रेस पार्टीबाट निर्वाचित अध्यक्ष थिए।

मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ साल पुस ३० गते सवारी दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा उनीसहित ६ जनाको ज्यान गएको थियो। उनी नेकपाबाट निर्वाचित अध्यक्ष हुन्। पिपरा गाउँपालिकाको अध्यक्ष विनोदकुमार चौधरीको वैशाख ८ गते उपचारका क्रमाम काठमाडौंमा मृत्यु भएको हो। उनी राजपाबाट अध्यक्षमा निर्वाचित भएका थिए। हुम्लाको खार्पुनाग गाउँपालिका उपाध्यक्ष सिन्धु शाहीको कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा निधन भएको थियो। असार ३ गते कर्णालीमा जिप खस्दा उपाध्यक्ष शाहीसहित १० जना बेपत्ता भएका थिए। उपाध्यक्ष शाहीको शव २२ दिनपछि भेटिएको थियो।

निर्वाचन स्थल र केन्द्र तोकियो

पोखरा : जिल्ला निर्वाचन कार्यालय कास्कीले रिक्त रहेको कास्कीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारी तीव्र पारेको छ। निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालय कास्कीले अन्तिम नामावली प्रकाशन, निर्वाचन स्थल र केन्द्रसमेत तोकिसकेको बताएको छ।

कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको क्षेत्रमा निर्वाचनको तयारी गरिएको हो। कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ जनाको अन्तिम नामावली प्रकाशन गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।

उपनिर्वाचनमा १ हजार २ सय २० जना नयाँ मतदाता थपिएको उनले बताए। कास्की–२ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए। कास्कीमा हुने उपनिर्वाचनका लागि २ मा ३२ निर्वाचन स्थल र ८२ वटा केन्द्र तोकिएको पनि उनले जानकारी दिए। उनका अनुसार निर्वाचनमा आवश्यक केन्द्रको सुरक्षा व्यवस्था मिलाउन, कर्मचारी तोक्ने र निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको छ।

कास्की–२ मा पोखरा महानगरका ११ वटा वडा पर्छन्। अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए। उपनिर्वाचनका लागि ठूला पार्टी नेकपा र कांग्रेस मात्र होइन साना पार्टी पनि तयारीमा जुटिसकेका छन्। अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको थियो।

१३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए। गण्डकी प्रदेशमा बागलुङ–२ ख बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएको थियो। बागलुङको पनि उपनिवार्चनको तयारी गरिएको छ। यसैगरी, गण्डकी प्रदेशमा तीन वडाध्यक्षको पनि निर्वाचन हुनेछ। नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बागलुङ बडीगाड गाउँपालिका २ मा उपनिर्वाचन हुने बताइएको छ। (अन्नपूर्ण पोस्टबाट )

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२ कार्तिक २०७६, शनिबार ०७:५६
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२ कार्तिक २०७६, शनिबार ०७:५६

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२ कार्तिक २०७६, शनिबार ०७:५६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२ कार्तिक २०७६, शनिबार ०७:५६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२ कार्तिक २०७६, शनिबार ०७:५६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२ कार्तिक २०७६, शनिबार ०७:५६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२ कार्तिक २०७६, शनिबार ०७:५६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.