कार्तिक ५, पहिलो नेपाल – लायन्स क्लब अफ बिराटनगर सिटि र लियो क्लप अफ बिराटनगर सिटिले संयुक्त रुपमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शिविर मोरङ्को धनपालथान २ स्थित श्री जनता मावीको प्राङ्गणमा सम्पन्न
भएको हो ।
सोमबार भएको एक दिने शिविरमा १२० जनाले सेवा लिएको लियो क्लप अफ बिराटनगर सिटिका अध्यक्ष दिलिप शाहले जानकारी दिए । उनका अनुसार बिराटनगर आँखा अस्पतालको सहयोगमा भएको शिविरमा ४४ जना मोतियाबिन्दुको बिरामी भेटिएको छ । मोतियाबिन्दु भएका बिरामिको बिराटनगर आँखा अस्पतालले निशुल्क शल्यक्रिया गर्ने पनि शाहले जानकारी दिए ।
लायन्स क्लप अफ बिराटनगर सिटि र लियो क्लब अफ बिराटनगर सिटिले केहिदिन अघि मात्र जहदा गाउँपालिका २ स्थित मिलन चौक पनि निशुल्क आँखा शिविरको आयोजना गरेको थियो ।