कार्तिक ५, पहिलो नेपाल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले यहि कार्तिक ८ गते आयोजना गर्न लागेको चाडपर्व विषेश शुभकामना आदानप्रदान कार्यक्रमको लागि विभिन्न उपसमिती बनाएको छ । कार्यक्रम मर्यादित र सभ्य बनाउनका लागि ५ उप समितिको निर्माण गरिएको हो ।
मंगलबार पार्टी कार्यलय पाञ्चालिमा बसेको बैठकबाट विभिन्न उपसमितिको संयोजक समेत तोकिएको छ । विमला घिमिरे संयोजक र लता न्यौपाने सह संयोजक रहेको खाद्यान्न व्यवस्थापन उपसमिती , रबिन थापा संयोजक र इश्वरी न्यौपाने सह संयोजक रहेको संयमसेवक व्यवस्थापन उपसमिती र पर्शुराम बस्नेत संयोजक रहेको मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति रहेका छन् । त्यस्तै ट्राफिक व्यवस्थापन उपसमितिको संयोजकमा सुशील रिजाल रहेका छन् भने अतिथि स्वागत उपसमितिमा गोकर्ण घिमिरे रहेको छन् ।
यशअघि कार्यक्रमको मुल समितिको संयोजकमा बाबुराम कार्कीलाई जिम्मेवारी तोकिएको थियो ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ५ हजारको हाराहारीमा उपस्थित हुने भएकाले सफलतापुर्वक सप्पन्न गर्नका लागि उपसमितिको निर्माण गरिएको मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमितिला संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेल आउने कार्यतालिका रहेको छ ।