कार्तिक ७, पहिलो नेपाल – काठमाडौमा जारी महिला च्याम्पियन्स लिग क्रिकेटको उपाधिका लागि आज क्याट क्वीन्स काठमाडौं र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । बिहान साढे ११ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
फाइनलमा पुगेको चितवनले लिग चरणको सबै खेलमा सत प्रतिशत जित निकालेको छ । काठमाडौं इलिमिनेटरले खेलमा विराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । लिग चरणमा भएको खेलमा चितवनसँग काठमाडौं पाँच विकेटले पराजित भएको थियो ।
सर्वाधिक धनराशिको महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले ७ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । उपविजेताले तीन लाख रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार रुपैयाँ नगद हात पार्नेछन् । उत्कृष्ट ब्याट्सवुमन र बलरलाई पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।