कार्तिक ७, पहिलो नेपाल – युरोपेली च्याम्पियन्स लिगको समूह एफ अन्तर्गतको खेलमा बार्सिलोनाले स्लाभिया प्रागमाथि २–१ को जित निकालेको छ बार्सिलोनाको जितमा लियोनेल मेस्सीले तेश्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए भने १ गोल आत्मघाती भएको थियो ।
यो च्याम्पियन्स लिगमा मेसीले गोल गरेको लगातार १५ औं सिजन हो । त्यस्तै मेस्सिले च्याम्पियन्स लिगको समूह चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रुपमा पनि अगाडि छन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगको समूह चरणमा ६७ गोल गरेका छन भने रोनाल्डोले ६२ गोल गरेका छन् ।
यसै समूहमा इन्टर मिलानले बार्सिया डर्टमन्डमाथि २–० को जित दर्ता गर्यो ।
यता समूह ई को खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले गेन्कलाई सजिलै ४–१ ले हरायो । त्यसमा एलेक्स ओक्सलेड च्याम्बर्लिनले दुई गोल गरे । त्यसै समूहको अर्को खेलमा नेपोलीले साल्सबर्गलाई ३–२ पराजित गर्यो ।
यस्तै समूह जी मा लेपजिपले जेनिथ सेन्ट पिटर्सबर्गलाई २–१ र बेनफिकाले लियोनलाई २–१ ले हरायो । समूह एच मा चेल्सीले आयाक्सलाई १–० ले पन्छायो भने लिले र भ्यालेन्सियाले १–१ को बराबरी खेले ।