• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सन्दीपले हालसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कति कमाए ?

by पहिलो नेपाल
१० कार्तिक २०७६, आईतवार ०९:३१
  • 170
    Shares

कार्तिक १०, पहिलो नेपाल – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो उचाइ निरन्तर अघि बढाइरहेका छन् । उनले आफ्नो उचाइ कहाँसम्म पुर्‍याउनेछन्, त्यो भविष्यलाई नै छोडौँ । १९ वर्षे यी नेपाली स्टारसँग अझै पर्याप्त समय छ । छोटो समयमा गरेको उल्लेख्य प्रगतिकै कारण विश्वचर्चित फ्रेन्चाइज लिगका अधिकांश ड्राफ्टमा उनी निर्विकल्प खेलाडीका रूपमा स्थापित भएका छन् ।

एकछिन कल्पना गरौँ, सन्दीपले यही रफ्तारमा १० वर्ष अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहे भने धनी खेलाडीको सूचीमा आफूलाई उभ्याउने पक्का छ । अहिले नै विश्व क्रिकेटको नजरमा उनी नछुट्ने खेलाडीका रूपमा स्थापित भइसकेका छन् । पछिल्लो दुई वर्षमै उनी नेपालका सर्वाधिक कमाउने खेलाडीमा दर्ज भइसकेका छन् । नेपालबाट विदेशी क्लबमा आबद्ध भएर सर्वाधिक कमाइ गर्ने खेलाडीमा उनी पहिलो नम्बरमा छन् । त्यसो त नेपालबाट भलिबल र फुटबलका खेलाडी पनि विदेशी क्लबमा अनुबन्ध नभएका होइनन् । तर, सन्दीपको तुलनामा उनीहरूको अनुबन्ध रकम निकै न्यून छ । छोटो समयमा विदेशी क्लबमा अनुबन्धन भएर करोडभन्दा बढी आर्जन गर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् ।

सन्दीपले २०१८ र २०१९ मा विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कमाएको रकम यस्तो छ :
२०१८:
आईपिएल (भारत) – २० लाख भारु
क्लोबल टि-२० (क्यानडा) – ४० हजार डलर
क्यारेबियन प्रीमियर लिग (वेस्टईन्डिज) – ५ हजार डलर
अफगानिस्तान प्रीमियर लिग (अफगानिस्तान) – १५ हजार डलर
टि-१० लिग (युएई) – ३० हजार डलर
बिग ब्यास लिग (अष्ट्रेलिया ) – ६० हजार डलर
बाङ्लादेश प्रीमियर लिग (बाङ्लादेश ) ६० हजार डलर
पाकिस्तान सुपर लिग (पाकिस्तान ) – ५० हजार डलर

२०१९:
आईपिएल (भारत) – २० लाख भारु
क्यारेबियन प्रीमियर लिग (वेस्टइन्डिज) – ७० हजार डलर
टि-१० (युएई) – ४५ हजार डलर
द हन्ड्रेड (बेलायत) – एक लाख पाउन्ड

यसबाहेक सन्दिप बिगब्यास लिगमा पनि अनुबन्धित भैसकेका छन् तर उनको पारिश्रमिक खुलाईएको छैन् ।

सन्दीपले पछिल्लो २ वर्षमा विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट मात्र नेपाली रुपैयाँ ६ करोडभन्दा धेर कमाएका छन् ।

१९ वर्षे सन्दीपले यही रफ्तारमा १० वर्ष अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहे भने धनी अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा आफूलाई उभ्याउने पक्का छ ।

Facebook Comments

  • 170
    Shares

Related Posts

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

१० कार्तिक २०७६, आईतवार ०९:३१
एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१० कार्तिक २०७६, आईतवार ०९:३१

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

सन्दीपले बिबिएल होबर्ट होराइकनबाट खेल्ने पक्का

हैदराबादलाई हराउँदै दिल्ली पुग्यो पहिलोपटक आइपिएलको फाइनलमा

बैगलोरलाई हराउँदै हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश

दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाईनलमा

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेलका लागी बंगलादेश प्रस्थान

३ हजार ३०९ संक्रमित थपिए, ३ हजार ८४४ निको भए

सोसियल मिडिया

भर्करै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

१० कार्तिक २०७६, आईतवार ०९:३१

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

१० कार्तिक २०७६, आईतवार ०९:३१
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

१० कार्तिक २०७६, आईतवार ०९:३१
माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

१० कार्तिक २०७६, आईतवार ०९:३१
माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

१० कार्तिक २०७६, आईतवार ०९:३१
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.