• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

रौतहट बम विष्फोटपछि सरूवा भएका प्रहरी अधिकृतको बयान – म घटनास्थलमा पुग्नै पाइनँ

by पहिलो नेपाल
१० कार्तिक २०७६, आईतवार १७:३३

 

कार्तिक १०, पहिलो नेपाल – महम्मद अफताब आलम प्रकरणमा प्रहरीले त्यो बेला रौतहट राजपुरमा भएका इन्सपेक्टर इन्द्र सुवेदीसँग सोधपुछ सकेको छ।

शनिबार भएको सोधपुछका क्रममा उनले आफू बम पड्किएको घटनास्थलसम्म जानै नपाएको बताएका छन्।

त्यतिबेला सुवेदी राजपुरक्षेत्रको चुनावी सुरक्षा टोलीमा खटिएका थिए। आलमको घरनिर बम विष्फोट भएको सुनेपछि घटनास्थलमा जाँदाजाँदै आफूलाई सरूवाको फोन आएको कुरा उनले प्रहरीलाई बताएका छन्।

‘उहाँले बयानका क्रममा आफू घटनास्थलसम्म जानै नपाएको भन्नुभयो,’ प्रहरी स्रोतले सेतोपाटीसँग भन्यो, ‘ जाँदाजाँदै बाटोमा फोन आएपछि फर्किएको उहाँले बताउनुभयो।’

उक्त बम विष्फोटको अनुसन्धानमा खासै सूचना उनीबाट प्राप्त नभएको प्रहरी स्रोतले बतायो।

त्यतिबेला चुनावी वातावरण शान्तिपूर्ण बनाउने, चुनाव बिथोल्ने वा शान्ति सुरक्षामा आँच आउने किसिमका घटना नियन्त्रण गर्ने जिम्मा सुवेदीको टोलीलाई दिएको थियो।

उनीपछि उक्त क्षेत्रमा इन्सपेक्टर राजीव बस्नेत खटिएका थिए। उनलाई पनि सोधपुछका लागि रौतहट प्रहरीले डाकेको छ। देशबाहिर भएका कारण उनको बयान हुन पाएको छैन।

बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरणहरू सार्वजनिक भएका छन्।

बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँट्टाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुवा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो।

घटनास्थलमा ओसीका लुगा र चप्पल फेला परेका थिए। इँट्टाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो। तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो।

प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गर्यो। उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो।

मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या भएको थियो। रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो।

सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधीवक्तालाई भनेको थियो।

त्यही आदेश कार्यान्वयन गर्न अहिले आलमलाई पक्राउ गरिएको हो।

बम विष्फोटमा मारिएका ११ र घाइते २ जनालाई जिउँदै इँट्टाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ।
(सेतोपाटिले लेखेको छ)

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१० कार्तिक २०७६, आईतवार १७:३३
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१० कार्तिक २०७६, आईतवार १७:३३

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

हतियारसहित एक भारतीय पक्राउ

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० कार्तिक २०७६, आईतवार १७:३३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० कार्तिक २०७६, आईतवार १७:३३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० कार्तिक २०७६, आईतवार १७:३३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० कार्तिक २०७६, आईतवार १७:३३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० कार्तिक २०७६, आईतवार १७:३३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.