कार्तिक १८, पहिलो नेपाल – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । जसमध्ये १४ जनाको परिचय खुलेकोे छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।
ज्यान गुमाउनेहरुमा दोलखाकाे शैलुङ गाउँपालिका -५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ-४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ-३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ-३ की २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ-५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका-९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत, त्रिपुरासुन्दरी -४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।
त्यस्तै शैलुङ-५ का २९ वर्षीय किरण राउत, शैलुङ-५ कै २० वर्षीया कविता राउत, शैलुङ-५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ-४ का १४ वर्षीय दिल लामाऽ शैलुङ-३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेकाे रोशि गाउँपालिका-४ की ५ वर्षीया सजिना तामाङ् र दाेलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेका छन् । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।
दोलखाबाट काठमाण्डाैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।