कार्तिक १८, पहिलो नेपाल – प्रदेश प्रमुख सिफारिसप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधव कुमार नेपालले असहमति राखेको छन्। आफुले अघि सारेको नाम सिफारिसमा नपरेपछि नेता नेपालले नोट अफ डिसेन्ट राखेका हुन् ।
यसैबिच नेकपा सचिवालय बैठकद्वारा सातै प्रदेशका लागि नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बिष्णु प्रसाईं, धर्मनाथ यादव, अमिक शेरचन, सोमनाथ प्यासी, तिलक परियार
शर्मिला त्रिपाठि, गोविन्द कलौनी रहेका छन् ।
केहिबेरमा बस्ने मन्त्रीपरिषद बैठकले कुन प्रदेशमा कस्लाई प्रमुख बनाउने भन्ने निर्णय गर्नेछ ।