कार्तिक २०, पहिलो नेपाल – नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको तीन दिवसीय क्रिकेट आजदेखि सुरु भएको छ ।
टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । एमसीसीले २८ ओभरमा एक विकेटको क्षतिमा ८४ रन बनाएको छ ।
एमसीसीका लागि विल रोड्सले अर्धशतक पूरा गरेका छन् । नेपालका लागि एक विकेट भने सोमपाल कामीले दिलाएका थिए । उनले बिली गोडलम्यानलाई १० रनमा आउट गराए ।
लामोसमय पछि फष्र्ट क्लास क्रिकेट खेल्दै गरेको नेपाली टिममा प्राय सबै खेलाडीले डेब्यु गरेका छन् । टिममा रहेका शरद भेषवाकर र सोमपाल कामीबाहेक अन्य कुनै खेलाडीले फष्र्ट क्लास क्रिकेट खेलेका थिएनन् ।
एमसीसी विरुद्धको फष्र्ट क्लास क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, शरद भेषवाकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, राजु रिजाल, पवन सर्राफ, करण केसी र ललितनारायण राजवंशी रहेका छन् ।