कार्तिक २०, पहिलो नेपाल – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भूभाग भएको र प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको बताउनुभयो ।
नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भट्टराईले प्रभावकारी कुटनीतिक पहलबाट नक्सा सच्याउने तथा सीमा विवाद टुंग्याउन सरकार लागिपरेको जानकारी गराए।
साथै उनले नेपालको भू–भाग कुनै हालतमा नछाड्ने समेत उल्लेख गरे ।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै भट्टराईले सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउंँदैै एकपक्षीय निर्णणय अमान्य हुने उनको भनाई छ। उनले भने, ‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ।’ सरकारले जिपिएस प्रणालीमार्फत सीमा व्यवस्थित् गर्न गैरहेको र यसका लागि एक टोलीले अध्ययन गरिरहेको उनको भनाई छ।