कार्तिक २१, पहिलो नेपाल – भारतले नेपाली भु-भाग कालापानी र लिपुलेख आफ्नो राजनैतिक नक्सामा समेटेको बिरोधमा देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भईरहेको छ । बिहीबार नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा पनि युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
स्वतन्त्र युवा समुहको आयोजनमा बिराटनगरका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे,हाम्रो सिमाना मिचेको हो कि बेचेको ?,सरकार किन मौन छ ? लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा युवा समुहका अध्यक्ष मो. हमिद आजाद , विद्यार्थी नेता वसिम आलम, सुरेश मिश्र लगायतका युवाले आफ्नो देशका सिमा रक्षाका लागी जस्तोसुकै कदम चाल्ने धारणा राखेका थिए ।