कार्तिक २१, पहिलो नेपाल – भारतले लिपुलेक र कालापानीलााई आफ्नो नक्सामा समेटेको बिरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिराटनगरमा विरोध र्याली प्रर्दशन गरेको छ । साबिक अनेरास्ववियु मोरङ अध्यक्ष गोकर्ण घिमिरेको अध्यक्षतामा भएको बिरोध र्याली महेन्द्र चौकबाट सुरु भएर गुद्रीमा पुगि कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै साबिक अनेरास्ववियु केन्द्रिय सचीव ओसिम आलमले भारतले आफ्नो नक्सा सच्याएर नेपालसँग माफी नमागे विश्वभर रहेका नेपाली सेना र नेपाली जनता भारतबिरुद्द लाग्न बाध्य हुने बताए ।
त्यस्तै साबिक अनेरास्ववियु सचिव मकर खड्काले नेपाली जनताले ठुलाठुला सन्धि ,सम्झौता समेत परास्त गरेको इतिहास रहेको बताउँदै भारत सरकारलाई पछि हट्न आग्रह गरे । नेकपा बिराटनगर महानगर अध्यक्ष सागर थापाले कालापानी र लिपुलेख पुर्खाहरुले युद्ध गरेर जितेको भुमी रहेको बताउँदै नेपाली जनताले त्यसलाई कुनै हालतमा नगुमाउने उद्घोष गरे ।
कार्यक्रममा गो ब्याक इन्डिया, कालापानी ,लिपुलेक र लिम्पियाधुरा हाम्रै हो लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत बोकिएको थियो । बिरोध र्यालिमा अनेरास्ववियूका नेता, कार्यकर्ता, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।