• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बिराटनगर ट्राफिक चोकको बिर्यानी हाउसले चर्चा कमाउँदै, १०० मै स्वादिष्ट बिर्यानी पाएपछि ग्राहकको घुँईचो

by पहिलो नेपाल
२१ कार्तिक २०७६, बिहीबार २०:१३

कार्तिक २१, पहिलो नेपाल – एक महिना अघि बिराटनगरमा खुलेको रोयल बिर्यानी हाउसको अहिले चर्चा हुन थालेको छ । बिराटनगरको ट्राफिक चौकमा दुई युवाले खोलेको बिर्यानी हाउसमा छोटो समयमा नै ग्राहकको चाप अत्याधिक बढ्न थालेपछि यसको चर्चा सुरु भएको हो ।

साउदी अरबमा १५ वर्ष कुक काम गरेर आफ्नै देश फर्किएका आमिर अन्सारी र कोबास कलेजका डाईरेक्टर पप्पु अन्सारीद्वारा संयुक्त रुपमा संचालित उक्त रोयल बिर्यानी हाउसले सय रुपैयाँमा नै धेरै र स्वादिष्ट बिर्यानी दिन थालेपछि ग्राहकहरुको चाप बढ्न थालेको हो ।

बिर्यानी हाउसका संचालक पप्पु अन्सारीले अरुतिर तीनचार सय पर्ने बिर्यानी त्यहाँ सय रुपैयामा मात्र पर्ने धेरै अनि स्वादिष्ट भएकोले ग्राहकहरुको चाप बढेको बताए । उनले भने, ‘हामिले कुनै प्रचार प्रसार पनि गरेका छैनौं, जम्मा एक महिना हुन लाग्यो संचालनमा ल्याएको तर ग्राहकहरु टाढाटाढा बाट खोज्दै आउनुहुन्छ। यति चर्चा कमाउँछ भनेर सोचेको पनि थिएनौँ।’
दिनमा अनुमानित दुई सय ग्राहक बिर्यानी खानकै लागि आउने गरेको र घरबाट पनि प्रतिदिन सय प्लेट जति अर्डर हुने गरेको अन्सारीले सुनाए ।

सुरुवातमा पाँच लाख लगानीमा सुरु गरिएको बिर्यानी हाउसलाई बिस्तारै अन्य ठाउमा समेत लैजाने अन्सारीले बताए । उनका अनुसर चाँडै बिराटनगरको सेन्ट्रल महलमा पनि बिर्यानी हाउस सुरु गर्न लागिएको छ ।

रोयल बिर्यानी हाउसमा चिकेन, मटन लगायतका ताजा बिर्यानी उपलब्ध हुने गरेको अन्सारीले बताए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२१ कार्तिक २०७६, बिहीबार २०:१३
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२१ कार्तिक २०७६, बिहीबार २०:१३

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ कार्तिक २०७६, बिहीबार २०:१३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ कार्तिक २०७६, बिहीबार २०:१३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ कार्तिक २०७६, बिहीबार २०:१३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ कार्तिक २०७६, बिहीबार २०:१३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ कार्तिक २०७६, बिहीबार २०:१३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.