कार्तिक २२, पहिलो नेपाल – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्ध विद्यार्थी संगठन अनेरास्ववियूले नेपाली भुमी भारतको नक्सामा समेटिएको बिरुद्ध भारतीय राजदुतावास घेराउ गरेको छ ।
नेपाली भूमि लिपुलेख, कालापानी र लिम्पियाधुरा भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’ लगायतको नारा लगाउदै दूतावास पुगेर भारत बिरुद्ध नाराबाजी गरेका हुन् ।
विरोध प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका नेताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।
गएको शनिबार भारतले जारी गरेको राजनैतिक नक्सामा नेपाली भूमि समावेश भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।