• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लिपुलेक पस्नै पाउँदैनन् नेपाली

by पहिलो नेपाल
२३ कार्तिक २०७६, शनिबार ०८:२४

कार्तिक २३, पहिलो नेपाल – लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ ।

उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह तिंकरीले बताए । ‘६० सालपछि भारतले हामीलाई पस्नै दिएको छैन’, उनले भने, ‘अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नुपरेको छ ।’ पचासको दशकसम्म नेपाली र भारतीयले लिपुलेकबाटै चीनको ताक्लाकोटसित व्यापार गर्ने गरेका थिए । तर माओवादी द्वन्द्व चर्किएको बहानामा भारतीय पक्षले उक्त क्षेत्रमा नेपालीलाई प्रवेशमा कडाइ गरेको हो ।

भारतले रणनीतिक हिसाबले विकास गर्दै आएको नेपाली भूमि फिर्ता गराउन सजिलो नदेखिएको स्थानीय रघुवीरसिंह ठगुन्ना बताउँछन् । ‘पहिल्यैदेखि पूर्वाधार बनाइरहेको थियो, अब आफ्नो नक्सामै पारेपछि हडप्ने देखियो,’ उनले भने । यो वर्ष मात्र उक्त क्षेत्रमा भारतीय पक्षले चार हजारको हाराहारीमा सैनिक बढाएको उनले बताए । लिपुलेकसम्म भारत र चीनले सडक पुर्‍याएको अवस्था छ । भारतले गुञ्जीबाट नेपाली भूभाग प्रयोग गर्दै आएको छ । गुञ्जीबाट कालापानी ९ किलोमिटरको दूरीमा पर्छ । गुञ्जीदेखि लिपुधुरा (लिपुलेक) सम्म उक्त क्षेत्रमा भारतीय पक्षले भारतीय सेना, सशस्त्र सीमा बल र भारत–चीन बोर्डर पुलिसलगायत सुरक्षाकर्मी बसालेको छ ।

एक दशक अघिदेखि भारतले धारचुलादेखि लिपुलेकसम्म मानसरोवर मार्ग भनेर दुई लेनको सडक निर्माण गर्दै आएको छ । छियालेकदेखि लिपुलेकसम्मको भागमा सडकको ट्र्याक खोलिसकेको छ । त्योभन्दा तल्लो क्षेत्रमा निर्माण कार्य तीव्र भइरहेको स्थानीय बताउँछन् । सन् २०२० सम्म सडक पूर्वाधार सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । कालापानीबाट नजिकको नेपाली बस्ती छाङरु गाउँ १६ किमि दूरीमा पर्छ । त्यहाँ शौका समुदायको बसोबास छ । नजिकको गागा क्षेत्रमा नेपाल प्रहरीचौकी छ तर न सडक पूर्वाधार र न त निगरानीका साधनस्रोत छन् । बाटै नभएकाले भारतीय पक्षले उक्त क्षेत्रमा गरिरहेको अतिक्रमणको निगरानी गर्न नसकिने प्रहरी बताउँछन् ।

सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो । भारतले ३० किमिपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु गर्‍यो । वास्तविक काली नदीलाई भारतले ‘कुटियन्ती’ भन्न थाल्यो । नेपालले कालापानी र लिपुलेकको स्वामित्व दाबी गर्दै आए पनि लिम्पियाधुरा भने चुपचाप त्यागिदिएको थियो । भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ । कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिमि छ । लिम्पियाधुराको ३ सय १० वर्गकिमि भारतले यसअघि नै कब्जा गरिसकेको छ ।

जानकारहरूका अनुसार सन् १९६२ मा भारत–चीन युद्ध हुँदा नेपालका तत्कालीन राजा महेन्द्रले कालापानी भारतलाई प्रयोग गर्न दिएका हुन् । त्यसपछि भारतले त्यहाँबाट आफ्नो सैनिक कहिल्यै फिर्ता गरेन । युद्ध अवधिभरका लागि भनेर आएको भारतीय सेना त्यसयता स्थायी रूपमै बस्न थाल्यो । लिपुलेक नेपाल–भारत–चीन त्रिदेशीय सीमा नाका हो तर नेपालतर्फको भूभाग दशकौंदेखि भारतको नियन्त्रणमा छ । भारतीयहरूले चीनसँग व्यापार गर्नका लागि उक्त नाका प्रयोग गर्छन् । आफ्नो भूभागभन्दा चीनसित व्यापार गर्न सहज हुने भएकाले यो नाकालाई विगतदेखि भारतले प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।

भारतले हाल जारी गरेको नक्सा पछिल्लो पाँच दशकदेखिको निरन्तरता हो तर कालापानीमा भारतले आफ्नो सेना राखेको ५७ वर्ष बित्यो भने लिपुलेक हत्याएको समेत चार वर्ष पुगिसक्यो । नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभागलाई भारतमा गाभिएको छ । सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीतका गतिविधि गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु प्रमुख कारण रहेको स्थानीय रघुवीरसिंह ठगुन्ना बताउँछन् । ‘सीमामा भारतीय पक्षको मनपरी रोक्न न हाम्रो बसोबास छ न त सुरक्षा निकायको उपस्थिति । यसैको फाइदा भारतीय पक्षले लिइरहेको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा रहेका नेपाली नागरिकसमेत भारतीय पक्षको दबाबमा रहनुपर्ने बाध्यता भएकाले सीमा सुरक्षा तथा नागरिकका पक्षमा राज्यको सक्रियता चाहिएको छ ।’ आफ्नो सीमामा नेपाल प्रहरी प्रशासनको उपस्थिति नरहेको उनले बताए । भारतबाट अतिक्रमित र त्रिदेशीय सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा केन्द्र सरकारले उपेक्षा गरेको हो । त्यस क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति त परै जाओस्, स्वदेशमै पैदल मार्गसमेत नहुँदा भारतीय मार्ग प्रयोग गर्नॅपर्ने बाध्यता रहेको उनले बताए ।

पाँच वर्षअघि दार्चॅलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको थियो । त्यो बेला नै सशस्त्र प्रहरीको पोस्ट सदरमुकाम होइन, ब्यास क्षेत्रमा बस्नुपर्ने कुरा उठेका थिए । सरमुकाममा गुल्म स्थापना गर्ने र त्यसपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी राख्ने कुरा उठे पनि कार्यान्वयन नभएको ठगुन्नाले बताए । ‘त्यतिबेला नै सदरमुकाममा नेपाल प्रहरी भए पुग्छ, सेनालाई समेत सीमा क्षेत्रमा सार्नुपर्छ भनेका हौं,’ उनले भने, ‘अहिलेसम्म नेपाल प्रहरीको ६ महिना उपस्थितिबाहेक सरकारले खासै ध्यान दिन सकेको छैन ।’ जिल्लामा आउने केन्द्रीयस्तरका नेतादेखि सुरक्षा निकायका माथिल्ला दर्जाका अधिकारी आएका बेला स्थानीयले ब्यास क्षेत्रमा सुरक्षाको उपस्थिति बढाउनुपर्ने र तिंकर नाकासम्म सडक सञ्जाल जोड्नुपर्ने माग प्रमुखतासाथ अगाडि सार्छन् । नेता र अधिकारीहरूको आश्वासन दिने तर काम नगर्ने प्रवृत्तिले यो क्षेत्र राज्यको सम्पर्कबाहिर पर्दै गएको स्थानीयको बुझाइ छ ।

भारतद्वारा अतिक्रमणमा परेको क्षेत्र ब्यास गाउँपालिका–१ मा पर्छ । ब्यासका स्थानीयले सदरमुकामसम्म आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुँदा यस विषयमा बोल्न मान्दैनन् । भारतले अतिक्रमण गरिसकेको भन्दा वरतिर पर्ने नेपाली भूभागमा जानसमेत भारतीय प्रशासनसँग पास लिनुपर्ने अवस्था छ । स्वदेशी भूमिबाट बाटो नहँॅदा ब्यास क्षेत्रमा जान यहाँका स्थानीयले भारतीय प्रशासनले पास दिएपछि आफ्नो गाउँसम्म पुग्न पाउँछन् । नेपाली गाउँमा नेपाली नुन पुग्दैन । छाक टार्ने चामल र पिठो भारतीय बजारबाट ल्याउनुपर्छ । चार हजार मिटरको उचाइमा भत्केको घरमा बिनाबन्दोबस्ती प्रहरीचौकी छ । प्रहरीले ६ महिनाको रासन र लत्ताकपडा एकैचोटि लैजानुपर्छ । सदरमुकामसँगको सम्पर्क विगत एक वर्षदेखि पूर्ण रूपमा टुटेको छ ।

ब्यास क्षेत्रमा जान नेपालतर्फ भरपर्दो बाटो नहुँदा नजिक बसेका शौकाहरू भारतीय भूमि प्रयोग गर्न बाध्य छन् । कुञ्चा सर्ने क्रममा भारतमा विभिन्न किसिमका दुर्व्यवहार भोग्न बाध्य हुनुपरेको भन्दै स्थानीय दु:ख व्यक्त गर्छन् । यहाँका स्थानीय एक हप्तापछि भारतको बाटो भएर हिमालबाट तल बेंसी सदरमुकाम खलंगा सर्ने तयारी गरिरहेका छन् । यही समयमा नक्साको कुरा उठेपछि आफ्नो बसाइँसराइमा भारतीय पक्षको अवरोध हुन सक्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

भारतीय प्रशासन एसडीएम कार्यालयले जारी गरेको बहुयात्रा अनुमतिपत्र (पास) छियालेकमा देखाएर मात्र त्यहाँबाट अगाडि जान पाइन्छ । छियालेकमाथिको क्षेत्र अनुमतिबिना अनुबन्धित स्थान हो । त्यसकारण अघिल्लो सीमाचौकी सीतापुलमा त्यसै पासलाई देखाएर नेपाल प्रवेश गर्न मिल्छ । मानिसहरूलाई त्यहीले हुने र पशुहरूलाई अर्को पास बनाउनुपर्दा झन् झन्झटिलो हुने गरेको स्थानीय बासुसिंह ऐतवालले बताए । उनका अनुसार नेपालको पशु क्वारेन्टाइनले नेपाली पशु स्वच्छ रहेको सिफारिस दिएपछि मात्र भारतले यात्राको स्वीकृति दिन्छ । (कान्तिपुरबाट जस्तको त्यस्तै)

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ कार्तिक २०७६, शनिबार ०८:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ कार्तिक २०७६, शनिबार ०८:२४

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ कार्तिक २०७६, शनिबार ०८:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ कार्तिक २०७६, शनिबार ०८:२४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२३ कार्तिक २०७६, शनिबार ०८:२४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२३ कार्तिक २०७६, शनिबार ०८:२४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२३ कार्तिक २०७६, शनिबार ०८:२४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.