कार्तिक १४, पहिलो नेपाल – आसन्न मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवारलाई जिताउन अनेरास्ववियू १ नं. प्रदेशले प्रदेशभरका सम्पुर्ण अनेरास्ववियूका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । आईतवार बसेको प्रदेशस्तरीय बैठकले प्रदेश १ को विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनमा अनेरास्ववियूका नेता कार्यकर्तालाई बृहत रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।
साविक अखिल क्रान्तिकारीका केन्द्रिय सचिव मदन भट्टराईको अध्यक्षता तथा साविक अनेरास्ववियु केन्द्रिय सचीव ओसिम आलमको प्रमुख आतिथ्य एवम् साविक अनेरास्ववियु केन्द्रिय सचीव मकर खड्का र नेकपा प्रदेश १ का सदस्य इन्द्रविक्रम वेघाको विषेश आतिथ्यमा बसेको प्रदेशस्तरीय बैठकले सो निर्णय गरेको हो ।
बैठकले धरान उपमहानगरपालिमा नेकपाका तर्फबाट प्रमुखका उमेदवार प्रकाश राईलाई जिताउन ओसिम आलम ,मक्कर खड्का र मदन भट्टराईको नेतृत्वमा अनेरास्वविययूका केन्द्रिय सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु, जिल्ला सदस्यहरु तथा सम्पुर्ण अनेरास्ववियूका नेता कार्यकर्ताहरु परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, फाल्गुनन्द गाउँपालिका , फिदिम नगरपालिका वडा नं.१ र छिलिहाङ गाउँपालिका वडा नं. ७ मा हुन लागेको उपनिर्वाचनका लागि चन्द्र मङ्मोको नेतृत्वमा अनेरास्ववियूलाई परिचालन गर्ने निर्णय भएको हो ।
साथै संखुवासभामा हुने उपनिर्वाचनका लागि एकराज दाहाल र नारायण घिमिरे, त्यस्तै भोजपुरमा हुने उपनिर्वाचका लागि इश्वर भण्डारी, मोरङका लागि भास्कर खनाल र खोटाङको लागि पर्वत चाम्लिङ राईको नेतृत्वमा अनेरास्ववियू परिचालन गरिने साविक अनेरास्ववियुका केन्द्रिय सचीव ओसिम आलमले जानकारी दिए । साथै जिम्मेवारी पाउने सम्पुर्णले कार्तिक २६ भित्र सम्बन्धि स्थानमा बैठक गराईसक्नु पर्ने निर्देश समेत दिएको उनले बताए ।
बैठकमा कार्तिक २९ गते धरानमा अनेरास्ववियूको बृहत अगुवा कार्यकर्ता भेला गर्ने निर्णय समेत भएको छ ।