कार्तिक २६, पहिलो नेपाल – भारतले हालै सार्वजनिक गरेकाे नयाँ राजनीतिक नक्सामा नेपालकाे भूभाग समेटेको विराेधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका छन् ।
सयौँ विद्यार्थीसहरुहित क्याम्पसबाट सुरु भएको र्यालि विभिन्न स्थानको परिक्रमा गरि पुन क्याम्पसमा आएर समापन भएको थियो । महेन्द्र मोरङ क्याम्पस बिराटनगरका विद्यार्थीको संयुक्त आयोजनामा आज विरोध प्रदर्शन गरिएको हो ।
विद्यार्थीहरुले गो ब्याक इन्डिया , वेक अप नेपाल, भारतीय बिस्तारवाद मुर्दाबाद, नरेन्द्र मोदि मुर्दाबाद, हाम्रो भुमी हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भूमि लिपुलेक , कालापानी र लिम्पियाधुरा भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।