कार्तिक २८, पहिलो नेपाल – नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता ओसिम आलमले कालापानी र लिपुलेक भारतले आफ्नो नक्साबाट नहटाए भारत सँग युद्द गर्न समेत नेपाली तयार रहेको बताएका छन् । पुर्वका प्रभावशाली युवा नेता आलमले भारतले अब दिन गन्ती गर्न शुरु गर्नुपर्ने दिन आएको समेत बताए हुन् ।
सुन्दरहरैचाको बिराटचौकमा अनेरास्ववियूले आयोजना गरेको भारत विरोधी कार्यक्रममा बोल्दै आलमले अब भारत सँग नडराई विदेशमा रहेका गोर्खालीहरुले पनि आवाज उठाउनुपर्ने बताए । उनले भारतले नेपालीको स्वतन्त्रता र नेपालको सिमा अझै अतिक्रमण गरे आफुहरुले छिमेकी मुलुक भनेर नचिन्ने समेत बताएका छन् ।
उनले सारा नेपाली एक भएको र राजनितिक दल पनि एक भएको यो अवसरमा सरकारले कुटनैतिक हिसाबमा वार्ताको माध्यमबाट भरतले अतिक्रमण गरेको भुभागहरु फिर्ता गर्नुपर्ने उल्लेख गरे ।
कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले हालै निकालेको राजनैनिक नक्सामा समावेश गरेपछि अनेरास्ववियू सुकुना क्याम्पस कमिटिले भारत विरोधी कार्यक्रमको आयोजना गरेको थियो ।