• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल भारतसँग ७ विकेटले पराजित

by पहिलो नेपाल
२८ कार्तिक २०७६, बिहीबार १६:२२

कार्तिक २८, पहिलो नेपाल – बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो।

१९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा ३ विकेट गुमाएर लक्ष्य भेट्न सफल रह्यो।

भारतका लागि ओपनर आर्यन जुयल र रबि सरथले ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। रबि रसथलाई अर्धशतक बनाउन १ रन बाँकी रहँदा सुसन भारीले पभेलियन फर्काएका थिए भने आर्यन जुयललाई २९ रनमा ललिनारायण राजबंशीले ‘बोल्ड’ गरेका थिए। त्यस्तै ५६ रन बनाएका सनबीर सिंहलाई करण केसीले आउट गराएका थिए। त्यसबाहेक अर्मान जाफरले ५१ रन बनाए।

पहिला ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल रन नजोडदै आउट भएका थिए। सुरुमै दबावमा आएको नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले ५४ रनको साझेदारी गरे।

कुशल भुर्तेलले २८ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका मोहम्मद आरिफ शेख २ रनमै पभेलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ३१ रनमा २४ रन बनाए। ऐरीले भेषवाकरसँग ५५ बलमा ४४ रनको साझेदारी गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए।

सरद भेषवाकर पनि ऐरी आउट भएसँगै २९ औं ‌ओभरको अन्तिम बलमा आउट हुन पुगे। यो पछि नेपाली टिम फेरि दबाबमा आएको थियो। नेपाली टिमको स्कोर उकास्न फेरि पनि पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे। सर्राफसँग ३१ रनको साझेदारी पछि बिनोद आउट भए र सोमपाल क्रिजमा आए तर उनी पनि टिक्न भने सकेनन्। विनोदले ५ रन बनाउँदा सोमपालले २ रन बनाए। सर्राफले ४९ बलमा ५६ रन बनाए जसमा २ छक्का र ७ चौका प्रहार गरे।

त्यसबाहेक करण केसीले २० रन बनाए। नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। समूह ‘बी’ मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।

आजै भएका अरु खेलहरुमा पाकिस्तानले अफगानिस्तान माथि ८ विकेटले जित निकाल्दा बंगलादेशले हङकङलाई ९ विकेटले हरायो।

नेपालले ३० गते हङकङ र मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२८ कार्तिक २०७६, बिहीबार १६:२२
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

२८ कार्तिक २०७६, बिहीबार १६:२२

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२८ कार्तिक २०७६, बिहीबार १६:२२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२८ कार्तिक २०७६, बिहीबार १६:२२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२८ कार्तिक २०७६, बिहीबार १६:२२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२८ कार्तिक २०७६, बिहीबार १६:२२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२८ कार्तिक २०७६, बिहीबार १६:२२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.