कार्तिक २९, पहिलो नेपाल – विश्वकप छनौटको दोश्रो चरणको खेलअन्तर्गत कुवेत विरुद्धको खेलका लागि नेपालले राष्ट्रिय फुटबल टोलिको घोषणा गरेको छ । घरेलु खेल भएपनी दसरथ रंगशालाको पुनर्निर्माण सम्पन्न नभएपछि भुटानको थिम्पुमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ ।
विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालसँग खेल्नुअघि बिहिबार राति कुवेतले चाइनेज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ । समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले बिहिबार रातिनै जोर्डनलाई १–० गोलले हराएको छ ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ
स्ट्राईकर : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।