कार्तिक २९, पहिलो नेपाल – आसन्न मंसिर १४ गते हुने उपनिर्वाचानलाई लक्षित गरि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू प्रदेश नं.१ ले प्रदेशस्तरीय भेलाको आयोजना गरेको छ । शुक्रबार धरान स्थित पार्टी कार्यालयमा भएको कार्यक्रम अनेरास्ववियूका नेता ओसिम आलमको अध्यक्षतामा भएको हो ।
प्रदेशभरीका अनेरास्ववियूका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका बिच भएको कार्यक्रममा नेताहरुले अनेरास्ववियूमा आवद्ध सम्पुर्णलाई उपनिर्वाचनमा लाग्न आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियूका सह-इन्चार्ज बिनोद ढकालले नेकपाका तर्फबाट धरान उपमहानगरपालिकामा प्रमुखका उमेदवार प्रकाश राई लगायत प्रदेश भरिका सम्पुर्ण उमेदवारलाई जिताउनका निम्ति लाग्न आग्रह गरे । त्यस्तै विशिष्ट अतिथिहरु अनेरास्ववियूका संयोजक ऐन महर र सह-संयोजक रञ्जित तामाङले पनि आफ्ना कार्यकर्ताहरुलाई उपनिर्वाचनमा लाग्न निर्देश दिए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता ओसिम आलमले प्रकाश राई धरानको विकासको सपना देखेर आएको उमेदवार भएकोले उहाँलाई जिताउन आग्रह गरे। उनले तारा सुब्बाले देखेको सपना प्रकाश राईले पूरा गर्ने भन्दै जित सुनिश्चित रहेको ठोकुवा समेत गरे ।
कार्यक्रममा बोल्दै नेताहरुले आसन्न उपनिर्वाचनका लागि नेकपाका उमेदवारहरुलाई जिताउन अपिल गरेका थिए ।