कार्तिक ३०, पहिलो नेपाल – तीन महिनापछि राष्ट्रिय टिममा फर्किएका लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ ।
शुक्रबार राती ब्राजिल र अर्जेन्टिनाबिचको ‘सुपर क्लासिको’ प्रतियोगितामा मेस्सीले १३ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । साउदीमा भएको खेलमा मेस्सीले प्रहार गरेको पेनाल्टी ब्राजिलका गोलरक्षक एलिसनले बचाउ गरे । रिबाउण्ड भएर आएको बललाई नै मेस्सीले लगत्तै गोलको दिशा दिएका हुन् ।
त्यसअघि ब्राजिलले पनि पेनाल्टी पाएको थियो । तर सो पेनाल्टीमा गाब्रिएल जिससले गोल गर्न सकेनन् । निकै रोमाञ्चक रहेको खेलमा बल पोजिसन ६६ प्रतिशत ब्राजिलको भएपनी गोल गर्न असमर्थ रह्यो ।
कोपा अमेरिका फुटबल जितेयताका पाँच मध्ये दुई खेलमा ब्राजिल जित बिहीन भएको छ ।