कार्तिक ३०, पहिलो नेपाल – यूएईमा शुक्रबारबाट सुरु भएको टी-१० लिग क्रिकेटमा पहिलो खेलमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेकाे टिम आबुधाबीले टिमले कलन्दरसँग बराबरी खेलेको छ ।
टि-१० को डेब्यु खेलमा पारस खड्काले ब्याटिङमा नटआउट तीन रन बनाए पनि बलिङ भने गर्न पाएनन् ।
पहिलो खेलमा नै प्लेइङ सेटमा परेका पारस पाँचौ नम्बरमा ब्याटिङमा आएका थिए । जसमा उनले पहिलो बल फेस गर्दा दुई रन लिएका थिए । अर्को तर्फ ब्याटिङ गरेका कोरी एन्डरसनले लगातार बाउन्ड्री प्रहार गरेकाले पारसले खासै ब्याटिङको मौका पाउनन् ।
तर पनि उनले एन्डरसनसँग रनिङ बिट्वीन द विकेटमा राम्रो गरेका थिए । तर उनले दोस्रो बलमा रन लिन सकेनन ।अन्तिम बलमा उनले थप एक रन लिन सफल भए ।
जसका कारण उनको टिमले २० ओभरमा ६ विकेट गुमाउदै एक सय तीन रन बनाएको थियो । जवाफमा कलन्दर्सले पनि १० ओभरमा तीन विकेट गुमाउँदा एक सय तीन रन बनाउँदा खेल बराबरी भयो । जसका कारण दुवै टिमले अंक बाँडे ।
यसैबीच नेपालि राष्ट्रिय क्रीकेट टिमका अर्का सदस्य सन्दिप लामिछाने सम्मिलित टिम कर्नाटका टस्कर्सले डेल्ली बुल्स बिरुद्द खेल्दैछ । युवा स्टार लामिछानेको टि-१० लिगमा यो दोश्रो सहभागीता हो। उनी प्लेयिङ इलाभेनमा पर्ने प्राय निश्चित नै छ ।