मंसिर ३, पहिलो नेपाल – विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोलीले कुवेतसँग आफ्नो होम खेल अन्तर्गत कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पु स्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।
नेपाल यसअघि अवे खेलमा कुवेतसँग ७–० गोल अन्तरले पारजित भएको थियो । आजको खेलमा नेपाल जित निकाल्दै कुवेतबिरुद्द बदला लिनुका साथै प्रतियोगितामा अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो पार्ने योजनामा छ ।
नेपालमा हुने भनिएको होम खेल दशरथ रंगशाला एएफसीको मापडण्ड अनुशार नभएको भन्दै खेल भुटानमा सारिएको थियो ।
यसैबीच कोच योहान कालिनले कुवेतबिरुद्द खेल्ने सुरुवाती एघारको नाम सार्वजनिक गरेका छन् ।
सुरुवाती एघार :
गोलरक्षक : किरण चेम्जुङ
डिफेन्स : अजित भण्डारी , अनन्त तामाङ , देभेन्द्र तामाङ , रजिन धिमाल
मिडफिल्डर : बिक्रम लामा, तेज तामाङ , सुजल श्रेष्ठ , रवि पास्वान , रोहित चन्द
फर्वार्ड : अभिषेक रिजाल