• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय युवा संघका नेताहरु ३ महिनाभन्दा बढि बेरोजगार बस्न नपाईने,

by पहिलो नेपाल
३ मंसिर २०७६, मंगलवार १८:२८

मंसिर ३, पहिलो नेपाल – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघका नेताहरु तीन महिनाभन्दा बढी बेरोजगार बस्न नपाउने भएका छन् ।

युवा संघ र वाइसीएलबीच भएको एकतापछिको पहिलो राष्ट्रियभेलाले सक्रिय तथा साधारण सदस्य र एकाई कमिटिका सदस्यहरुबाहेक अरु नेता तीन महिनाभन्दा बढी बेरोजगार बस्न नपाउने निर्णय गरेको हो । संगठनको सदस्य भएको तीन महिनाभित्र स्वरोजगार भइसक्नुपर्नेछ ।

त्यस्तै आफ्नो जमिन भएको नेता, कार्यकर्ता भए आफ्नै जमिनमा र जमिन नभएर भाडामा बसोबास गर्ने भए बरण्डा तथा सम्भावित खालि स्थानमा अनिवार्य करेसाबारी बनाउनुपर्ने पनि भेलाले निर्णय गरेको छ ।

सरकारसंग १० किलोमिटर सडक माग्ने, 

राष्ट्रिय युवा संघले सामाजिक उत्तरादायित्व र जनसेवा तथा जनश्रम अन्तर्गत सरकारसंग यो वर्ष १० किलोमिटर सडक निर्माणको कार्यभार माग गर्ने समेत निर्णय गरेको छ ।

‘त्यस्तो निर्माण कार्यमा हाम्रो संघको श्रमिदान मात्रै हुनेछ’ संगठनको विज्ञप्तीमा भनिएको छ ।

संघले प्रत्येक कमिटिले कम्तिमा १/१ वटा विकास निर्माणका काम अनिवार्य गर्नुपर्ने र संघको कुनैपनि सदस्यले महिनामा एक दिन अनिवार्य रुपमा श्रमकार्य गर्नुपर्ने पनि जनाएको छ ।

तीन महिनामा एउटा निःशुल्क तालिम 

संघका सबै तहका कमिटीहरुले तीन महिनामा एकपटक र सदस्यहरुले अवस्थाअनुसार ट्युसन सेण्टर, कृषि तालिम लगायतका तालिमहरु निःशुल्क रुपमा सञ्चालन गर्नुपर्ने पनि संघगठनले निर्णय गरेको छ ।

संगठन जनतासँग जाेडिएकाे प्रत्याभूति दिलाउन र कामकाे सम्मानका लागि यस्ताे व्यवस्था गरिएकाे संगठनले जनाएकाे छ ।

त्यस्तै भेलाले राष्ट्रिय युवा संघको ७ बुँदे राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रस्तावहरु समेत पारित गरेको छ । जसअन्तर्गत भारतले नेपालका विभिन्न क्षेत्रमा गरिरहेको सीमा अतिक्रमणको घोर विरोध गर्दै, कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका अतिक्रमित भुभाग अविलम्ब फिर्ता गर्न र अतिक्रमित क्षेत्रबाट भारतीय सेना हटाउन युवा संघले माग गरेको छ ।

त्यस्तै वर्तमान सरकारले राष्ट्रियताका सवालमा सर्वपक्षीय बैठक र छलफलको आयोजना गरि राष्ट्रिय सहमति जुटाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई आवश्यक रचनात्मक सहयोग गर्ने प्रस्ताव पारित गरेको छ ।
युवा संघको बैठकले, छिमेकी राष्ट्र चीन र बङ्गलादेशका राष्ट्रपति द्वारा भरखरै नेपालमा भएको भ्रमणले दुई देशको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाएको ठहर गर्दै भ्रमणले विकासका कार्यमा साझेदारी गर्दै अगाडी बढने अवसर श्रृजना भएको निश्कर्ष निकालेको छ ।

त्यसैगरी आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उमेद्वारहरुलाइ विजयी बनाउन मतदाताहरुमा हार्दिक आहृान गर्दै संघका नेता कार्यकर्तालाई चुनावी अभियानमा सक्रियतापुर्वक लाग्न निर्देशन गर्ने निर्णय गरेको छ ।

युवासंघले रौतहट बम काण्डलाई निन्दनीय भन्दै घट्नामा घाईते भएकाहरुलाई जिउँदै ईटा भट्टामा जलाउनु अमानवीय र बर्बर युगलाई विर्साउने भएको निश्कर्ष निकालेको छ । त्यस्तै उक्त प्रकरणमा दोषीलाई हदै सम्मको कार्वाही गर्न र रौतहटमा रहेको त्रासको वातावरणलाई शान्तिपुर्ण बनाउन र त्रसित जनतालार्ई सुरक्षा दिन सरकारसँग अनुरोध गरेको छ ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

३ मंसिर २०७६, मंगलवार १८:२८
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

३ मंसिर २०७६, मंगलवार १८:२८

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ मंसिर २०७६, मंगलवार १८:२८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ मंसिर २०७६, मंगलवार १८:२८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ मंसिर २०७६, मंगलवार १८:२८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ मंसिर २०७६, मंगलवार १८:२८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ मंसिर २०७६, मंगलवार १८:२८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.