मंसिर ४,पहिलो नेपाल – सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्।
बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अबदेखि बस्ने पार्टी बैठकको नेतृत्व प्रचण्डले नै गर्नेछन्। यो निर्णयसँगै केपी शर्मा ओली नै बाँकी कार्यकालको प्रधानमन्त्री रहने भएका छन्।
Facebook Comments