मंसिर ५, पहिलो नेपाल – मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयहरु बीच हाजिरी जवाफ प्रतियोगिता भएको छ । बुधवार लक्ष्मिनिया युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा जहदा गाउँपालिका वडा नं. ५ मा रहेको लिटिल चाईल्ड इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । जहदा गाउँपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा भएको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न संस्थागत विद्यालयहरुको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले हाजरी जवाफ प्रतियोगिताले विद्यार्थीमा नयाँ उर्जा थप्ने र प्रतिस्पर्धा गर्ने बानीको विकास हुने भएकोले यस्तो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए ।
जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा रहेको संस्थागत विद्यालय मुन राईस भौडाहा, लिटिल चाईल्ड स्कुल जहदा–६, चन्द्र सुर्य स्कुल जहदा–२, मोडन स्टर्न स्टार स्कुल थलहा, धुर्वतारा स्कुल कटहरी–१, ज्ञान सागर स्कुल जहदा–६, बालवालिका स्कुल जहदा–२, सुप्रभा स्कुल कटहरी–४ गरी ८ वटा विद्यालयले भाग लिएका थिए । हाजरी जवाफ प्रतियोगितामा प्रत्येक स्कुलबाट चारजना विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा लिटिल चाईल्ड इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हाँसिल गर्दा दोस्रो स्थान बालबालिका स्कुलले ओगट्यो । त्यस्तै, मोर्डन इस्टर्न स्टार इङ्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हात पार्यो । विजेता सबैलाई कप, प्रमाणपत्र तथा मेडल प्रदान गरेर सम्मान गरिएको थियो ।
कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष शालो देवी शाह, वडा नं. ५ का अध्यक्ष जगदिश सिंह , वडा नं. ३ का अध्यक्ष अनिल कुमार ठाकुर, सहभागी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक , पत्रकार, जीवन विकास समाज मझारे शाखाका प्रमुख हेम नारायण राजवंशी, युवा नेता तथा समाजसेवी राजकुमार यादव, जगरनाथ राय, गान्धी मण्डल, लियो क्लब युनिकका अध्यक्ष पेरिस सुवेदी, इन्स्टान्ट ब्लड डोनरका रूपक श्रेस्ठ लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगिता लक्ष्मिनिया युवा क्लवका अध्यक्ष नितेश कुमार साहको अध्यक्षतामा भएको थियो भने अन्य चन्दन सिंह ,कृष्ण गौतम, धिरज कामत, सुरज शाह, श्यामसुन्दर मण्डल, मधु मण्डल लगायतको विशेष सहयोग रहेको नितेश कुमार शाहले जानकारी दिए ।