• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

संघीयता कार्यान्वयनमा मुख्य भुमिका खेलेका मन्त्री पण्डित नै प्रधानमन्त्रीको नजरमा असक्षम

by पहिलो नेपाल
५ मंसिर २०७६, बिहीबार १८:५०

मंसिर ५, पहिलो नेपाल – प्रधानमन्त्री ओलीले सरकारको स्प्रिटअनुसार काम गर्न नसकेको भन्दै ६ मन्त्रीलाई बर्खास्त गरे। त्यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि परे । ओली सरकारका मन्त्रीहरूमा उनी गोकर्ण विष्ट सँगै राम्रो काम गर्नेको सूचीमा थिए । तर ओलि सरकारले पुनर्गठन गरेको मन्त्रीमण्डलबाट राम्रो काम गर्ने लालबाबु पण्डित र गोकर्ण विष्टलाई हटाएपछि अहिले सामाजिक सञ्जालमा चौतर्फी विरोध भैरहेको छ ।

डिवी पिआरधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका लालबाबु पण्डित ओली सरकारमा पनि संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री बने । पण्डितले सामान्य प्रशासन मन्त्रालय समाल्दा परिस्थिति असमान्य थियो । कर्मचारीलाई समायोजनमा पठाउन निकै चुनौति थियो ।

उनले ४४ हजार कर्मचारीलाई समायोजनमा पठाए । कर्मचारीलाई सजाय र पुरस्कारको ब्यवस्था गरी ठुलो समस्या सामधान पनि गरे । तर सिंहदरवारमा बर्षाैदेखि राज गरेका कर्मचारीका लागि भने उनी टाउको दुखाईको बनेका थिए । प्रधानमन्त्री ओलीले उनलाई पनि सफल मन्त्री मानेनन् र पण्डित दण्डित बने ।

जनताको माझमा मात्र हैन, प्रधानमन्त्रीको आफ्नै कार्यसम्पादन मूल्यांकनमा पनि उत्कृष्ट काम गर्नेको सूचीमा परेका मन्त्री पण्डित पुनर्गठित मन्त्रिपरिषदमा अटाएनन् । मन्त्री पण्डितले ९ हजारभन्दा बढी कर्मचारीले निवेदन दिएको स्वेच्छिक अवकास योजना रोकेर कर्मचारीलाई काममा लगाएपछि सबैमाझ लोकप्रिय भए । तर अस्थायी सरकार र अन्य मन्त्रीलाई हेपेर बसेका कर्मचारी भने मन्त्रीप्रति रूष्ट बने । कर्मचारी र  लालबाबुको केहि टकराब पनि बढ्यो । कर्मचारी युनियनले पण्डितलाई हटाइदिने चेतावनी समेत दिए ।सरकार र मन्त्रीलाई नै नटेर्न्ने कर्मचारीहरुलाई खटाएको ठाउँमा नगए जागिर चट गरिदिने भनेपछि सबै कर्मचारी आफ्नो कार्यस्थलमा गएका थिए ।

संघीयता कार्यान्वयनको मुल पाटो रहेको कर्मचारी समायोजन विश्वमै चुनौती रहेको अवस्थामा मन्त्री पण्डितले सहजै र कम समयमा सकेका थिए । संघीयतामा गएका विश्वको कुनैपनी मुलुकमा कर्मचारी समायोजन सहज र छिटो भएको अवस्था छैन् । कर्मचारी समायोजन छिटो गरे पनि प्रधानमन्त्रीले पद खोसेपछी यतिबेला सबैजना आश्चर्यमा परेका छन् ।

कर्मचारी समायोजन ऐन निर्माण हुँदै गरेको अवस्थामा सरकारले पण्डितको ठाउँमा नयाँ मन्त्री हृदेश त्रिपाठी ल्याएको छ। २०७४ मा त्रिपाठीले वामगठबन्धनबाट चुनाव जितेका थिए। उनले कार्यभार बिहीबार सम्हालेका छन् ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

५ मंसिर २०७६, बिहीबार १८:५०
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

५ मंसिर २०७६, बिहीबार १८:५०

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

५ मंसिर २०७६, बिहीबार १८:५०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

५ मंसिर २०७६, बिहीबार १८:५०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

५ मंसिर २०७६, बिहीबार १८:५०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

५ मंसिर २०७६, बिहीबार १८:५०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

५ मंसिर २०७६, बिहीबार १८:५०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.