मंसिर ७, पहिलो नेपाल – आजका पत्रपत्रिकामा नेकपामा दुई अध्यक्षको कार्यविभाजनसँग सम्बिन्धित समाचारहरु छन् ।
कान्तिपुरमा नेकपाको कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको समाचार प्रमुख छ । सो समाचारमा प्रचण्डले ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’ भनेका छन् । आफूलाई ‘बितेको डेढ वर्ष सेरेमोनियल अध्यक्ष महसुस भएको’ बताउँदै प्रचण्डले भनेका छन्, ‘गएको डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन, गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो । अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो ।’
प्रचण्डले एकता महाधिवेशनले सहमतिमा नेतृत्व छान्ने समझदारी कायमै रहेको पनि बताएका छन् ।