मंसिर ७, पहिलो नेपाल – आजको पत्रपत्रिकामा विभिन्न शिर्षकमा समाचार छापिएका छन्। राजधानी दैनिकले नेपाल-भारत समन्वय बैठकमा तेस्रो मुलुकका नागरिकमाथि विशेष निगरानी गरिने सहमति भएको समाचार छ । साथै १४ मंसिरमा हुने उपनिर्वाचनमा २८ हजार सुरक्षाकर्मी परिचालन गरिने समाचार पनि राजधानीमा छ ।
अन्नपूर्ण पोष्ट दैनिकले स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयको जिम्मेवारी पाएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अब दुई विकल्प रहेको लेखेको छ । अन्नपूर्णले लेखिएको विकल्प हुन्- राजपासँग एकीकरण गरी संविधान संशोधनका लागि आन्दोलनमा जाने वा सरकारमै बसेर संविधान संशोधनका लागि दबाब दिने ।
यद्यपि राजपाका अध्यक्ष राजेन्द्र महतोले भने समाजवादीसँग पार्टी एकता नहुने अभिव्यक्ति दिइसकेका छन् ।