• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिँघिया खोला संरक्षण तथा सफाई अभियान सुरु

by पहिलो नेपाल
७ मंसिर २०७६, शनिबार ०८:३७

मंसिर ७, पहिलो नेपाल – विराटनगर पूर्वमा रहेको सिंघिया खोला संरक्षण तथा सरसफाइ अभियान शुरु भएको छ । शुक्रबार बिराटनगर स्थित उद्योग संगठन मोरङको सभाहलमा ‘सिँघिया नदि संरक्षण तथा सफाई अभियान २०७६’ विषयमा अन्तरक्रिया गरिएसँगै अभियान शुरु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिंघिया खोलाको अस्तित्व संकटमा परेकाले सबैले यसको अस्तित्व बचाउन लाग्नु पर्नेमा जोड दिए । उनले सिघिया नदी वातावरणीय दृष्टिकोणले चुनौतीको रुपमा देखा परेसँगै यसको संरक्षण र सम्बद्र्धनमा सबै जुटनु पर्नेमा जोड दिए ।

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको मुख्य संयोजन तथा बिराटनगर महानगरपालिकाको सह-संयोजनमा भएको अन्तरक्रियामा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सिंघिया संरक्षण तथा सफाइ अभियान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संरक्षणका लागि तटबन्धन निर्माण गर्नुपर्ने तथा फोहर मुक्त बनाउनु पर्नेमा जोड दिए ।

विराटनगरको घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटरलाई पहिलो चरणमा नमुनाको रुपमा अभियान शुरु गर्ने तयारी रहेको छ । जसमा खोलाको नाप तथा नक्साङ्कन, अतिक्रमित जग्गा खाली गर्ने, खाली जग्गाहरुमा बृक्षरोपण गर्ने तयारी पनि सिँघिया खोला सरसफाई अभियानको क्रममा हुने जानकारी दिईएको छ । सिँगिया खोलाको हात्तिमुडादेखि घिनाघाटसम्मको १२ किलोमिटर, घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटर र भाथिगछदेखि नेपाल भारत सिमा क्षेत्रसम्मको १० किलोमिटरलाई फरक फरक क्लष्टर विभाजन गरि काम गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसका लागि बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपलिका, जहदा गाउँपालिका र बिराटनगर महानगरपालिका एकै ठाउँमा बसेर योजना निर्माण गरी अघि बढ्नु पर्ने देखिएको छ ।

कार्यक्रममा बिराटनगरका विभिन्न उद्योगि, राजनैतिक दलका प्रतिनिधि , सामाजिक अभियन्ता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

७ मंसिर २०७६, शनिबार ०८:३७
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

७ मंसिर २०७६, शनिबार ०८:३७

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ मंसिर २०७६, शनिबार ०८:३७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ मंसिर २०७६, शनिबार ०८:३७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ मंसिर २०७६, शनिबार ०८:३७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ मंसिर २०७६, शनिबार ०८:३७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ मंसिर २०७६, शनिबार ०८:३७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.